News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रोचक-विचित्र

जन्ती निकाल्ने बेला छतबाट पैसा बर्साएपछि…

3.3K
SHARES


काठमाडौँ। विवाहको समय निकै खुसीको समय हो । मानिसहरु विवाहमा रमाइलो गर्न धेरै थरीको तरिका अपनाउने गर्छन् ।

तर हालै भारतमा एक व्यक्तिले जे गरे, त्यसले सबैलाई चकित पारेको छ । भारतको गुजरातस्थित मेहसानामा, एक पूर्व सरपञ्चले आफ्नो भतिजाको विवाहमा नोटको वर्षा गरेका हुन् ।

केकरी तहसीलको अंगोल गाउँका पूर्व सरपंच करिम यादवले आफ्नो घरको छतमा उभिएर सय र ५ सयका नोट उडाएपछि त्यहाँ होहल्ला मच्चिएको एक भारतीय सञ्चार माध्यमले बताएको छ । उडाएको पैसा लिन घरमुनी धेरै मानिस जम्मा पनि भए ।

यसैबीच त्यहाँ उपस्थित मानिसबीच हात हाला-हालसमेत भयो । करिम यादवले नोट उडाइरहेका बेला उनका भतिजा रज्जाक जन्तीसहित बाहिर निस्किरहेका थिए ।

किन पैसा उडाएको भनेर सोधिएको प्रश्नमा करिमले विवाहको उत्सवमा गाउँका सबैलाई समावेश गर्नका लागि उनले र परिवारका अन्य सदस्यले पैसा बाँडेको बताए । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया