• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    ट्विटरको नयाँ सिइओ कुकुर !

    2.6K
    SHARES

    काठमाडौँ। अरबपति एलन मस्क आजकल ट्विटरको नयाँ सिइओकाे खोजीमा छन् । एलन मस्कले बुधवार (फेब्रुअरी १५) मा यस वर्षको अन्त्यसम्ममा ट्विटरका लागि नयाँ सिइओ भेटिने आशा रहेको बताएका छन् ।

    दुबईमा वर्ल्ड गभर्नमेन्ट समिटमा एक भिडियो कलमार्फत मस्कले प्लेटफर्मले राम्रोसँग काम गर्न सक्ने सुनिश्चित गर्नु आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताए । उनले भने, ‘सङ्गठनलाई स्थायित्व दिन र आर्थिक रूपमा सुदृढ बनाउन आवश्यक छ जस्तो मलाई लाग्छ । ’

    ट्विटरको नयाँ सिइओ बारे मस्कले भने, ‘आशा छ यो वर्षको अन्त्यसम्ममा हामीले हाम्रो नयाँ सिइओ पाउनेछौँ ।’ मस्कले फ्लोकी नामको कुकुरलाई ट्विटरको नयाँ सिइओको रूपमा नियुक्त गरे ?

    हालै, एलन मस्कले ट्विटरमा आफ्नो कुकुर फ्लोकीको तस्बिर सेयर गर्दै ठट्यौली पारामा यसलाई ट्विटरको नयाँ सिइओ बताएका छन् ।

    मस्कले कुकुरको तस्बिर सेयर गर्दै लेखे, ‘ट्विटरको नयाँ सिइओ अद्भुत छ । यो अरू मान्छेभन्दा धेरै राम्रो पनि छ । यसलाई अङ्कको पनि राम्रो ज्ञान छ । र यो स्टाइलिस पनि छ ।’

    कुकुरलाई खैरो रङ्गको चस्मा र कालो स्वेटर लगाएर कुर्सीमा बसिरहेको देख्न सकिन्छ । यस्तै, उसको टेबलमा एउटा सानो ल्यापटप र केही कागजातहरू पनि देखिन्छन् ।

    मस्कको यो पोस्टमा १ लाखभन्दा बढी लाइक आइसकेको छ । योसँगै प्रयोगकर्ताहरूले मस्कको यो पोस्टमा रोचक कमेन्ट पनि गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ