• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    ट्वीटरले ल्यायो नया नियम, अब सबै निशुल्क ब्लू टिकहरु हट्ने

    3.5K
    SHARES



    काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरका सिइओ एलन मस्कले ट्वीटरको ब्लू टिकका विषयमा एक अर्को महत्वपूर्ण घोषणा गरेका छन् ।

    जस अनुसार अब शुल्क नतिरिकनै ब्लू टिक पाइरहेका ट्वीटर प्रयोगकर्ताको अकाउन्टबाट ब्लू टिक हट्ने भएको छ । तर ब्लू टिक सब्सक्रिप्सनबाट ब्लू टिक प्राप्त गरेका प्रयोगकर्ताको निलो टिको भने नहट्ने जनाइएको छ ।

    एक ट्वीट मार्फत मस्कले निशुल्क ब्लू टिक (लिगेसी ब्लू चेक) धारीहरु वास्तवमा भ्रष्ट रहेको पनि आरोप लगाएका छन् ।

    ट्वीटरको लिगेसी ब्लू चेक कम्पनीको सबैभन्दा पूरानो तथा पहिलो भेरिफिकेसन मोडेल हो । यस अन्तरगत सरकार, कम्पनीहरु, ब्राण्ड तथा संस्थाहरु, समाचार एजेन्सी तथा पत्रकारहरु, मनोरञ्जन, खेलकुद तथा गेमिङ क्षेत्रका व्यक्तिहरु, आयोजक तथा अन्य प्रभावशाली व्यक्तिहरुको ट्वीटर अकाउन्ट प्रमाणीकरण गरिन्थ्यो । तर एलन मस्कले अब यसलाई बन्द गर्ने भएका छन् ।

    लिगेसी ब्लू टिक भेरिफिकेसनका लागि आफ्नो अकाउन्टलाई किन ब्लू टिक प्रमाणीकरण गर्नु आवश्यक छ भनेर प्रमाण पेश गर्नु आवश्यक हुन्थ्यो । तर अब यो प्रणालीलाई मस्कले हटाउने भएका हुन् ।

    उनले लिगेसी ब्लू चेकलाई हटाएर ब्लू सब्सक्रिप्सन मोडेललाई प्रवद्र्धन गरिरहेका छन् । ट्वीटर ब्लू सब्सक्रिप्सनका लागि प्रयोगकर्ताले मासिक शुल्क तिर्नु पर्दछ । यसको शुल्क ८ देखि १० डलरसम्म तोकिएको छ ।

    ट्वीटर आफ्नो कठोर नीतिका कारण चर्चित रहेको छ र पछिल्ला दिनमा हजारौँ प्रयोगकर्ताका ट्वीटर अकाउन्ट निलम्बन हुने गरेका छन् । तर अकाउन्ट निलम्बन भएका प्रयोगकर्तासँग अपिलको मौका निकै कम रहेको थियो । अब ट्वीटरले यसमा पनि परिवर्तन गर्दैछ ।

    अकाउन्ट निलम्बन भएका प्रयोगकर्ताहरुले आफ्नो अकाउन्ट पुनस्र्थापित गर्नका लागि अपिल गर्न सक्नेछन् । फेब्रुअरी १ देखि नै ट्वीटरले यो सेवा सुरु गरेको छ । अबदेखि एकपटकको सानोतिनो गल्तीका कारण प्रयोगकर्ताको ट्वीटर अकाउन्ट निलम्बन हुनेछैन ।

    पटक पटक ट्वीटरको नियम तथा नीतिहरु उल्लंघन भएमा मात्रै अकाउन्ट निलम्बन हुनेछ । यसमा कुनै खास वर्गप्रति हिंसालाई बढावा दिने, कसैलाई धम्काउने, गैरकानूनी सामाग्री शेयर गर्ने लगायतका कार्य पर्दछन् ।

    ट्वीटरका सिइओ एलन मस्कका अनुसार विज्ञापनबाट हुने आम्दानीलाई कम्पनीले कन्टेन्ट क्रिएटरहरुसँग बाँड्नेछ । मस्कले यस विषयमा पनि ट्वीटबाटै जानकारी गराएका हुन् ।

    ट्वीट थ्रेडको बीचमा आउने विज्ञापन तथा भिडियोसँगै आउने विज्ञापनबाट हुने आम्दानी सम्बन्धित सामाग्रीका सर्जकसँग शेयर गरिनेछ । फेब्रुअरी ३ देखि नै सो फिचर सुरु भैसकेको छ । यो सुविधा केवल ट्वीटर ब्लू सब्सक्राइबरका लागि उपलब्ध रहेको जनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ