काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ३ हजार ८ सय मा झरेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबीच चाँदीको मूल्य भने हिंजोको मूल्य कायम हुँदै तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया