• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेप्सेमा भारी अंकको गिरावट

    1.7K
    SHARES



    काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट भएको छ ।

    आइतबार(आज) बजार परिसूचक नेप्सेमा ६०.८८ अंकको गिरावट हुँदा २१२१.७५ अंकमा बन्द भएको छ । २७ माघ शुक्रबार सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर लगानीकर्ताले अपेक्षा गरेजस्तो नआएको बताएका थिए ।

    जसको प्रभाव आज सेयर बजारमा देखिएको छ । आज बजारका सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । वित्त कम्पनी उपसूचकमा ४.७० प्रतिशतको गिरावट हुँदा उत्पादनमूलक र हाइड्रोपावर उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले घटेको छ ।

    घटेको बजारमा कारोबार रकम भने गत बिहीबारको भन्दा बढेको छ । आज नेप्सेमा ३ अर्ब ४ करोड ७७ लाखको सेयर कारोबार भएको छ ।

    जसमध्ये हिमालयन डिस्टिलरीको १४ करोड ३८ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावरको ११ करोड २९ लाख र अपि पावरको ७ करोड ८० लाखको कारोबार भएको छ ।

    आज नेप्सेमा कुल २१५ कम्पनीको सेयर कारोबार हुँदा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । नेप्सेमा करिब ३ प्रतिशतको गिरावट हुँदा पनि ८ कम्पनीको सेयर मूल्य भने बढेको छ ।

    खप्तड लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.४८ प्रतिशतले वृद्धि हुँदा सामलिङ पावर कम्पनीको ३.७३ प्रतिशत र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य २.९० प्रतिशतले वृद्धि भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया