• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    विवाह गर्नुहोस्, मधुमेह-उच्च रक्तचापबाट बच्नुहोस्

    2K
    SHARES

    काठमाडौँ। उमेर बढ्दै जाँदा मधुमेह-रक्तचाप जस्ता रोगले घेर्न थाल्छ तर सँगै बस्ने दम्पतीमा मधुमेहको स्तर कम हुने नयाँ अनुसन्धानले देखाएको छ ।

    ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित प्रतिवेदनमा भनिएको छ- श्रीमान-श्रीमतीबीचको सम्बन्ध राम्रो होस् वा नराम्रो त्यसले फरक पर्दैन तर उनीहरू सँगै बस्दा रगतमा चिनीको मात्रा कम हुने सम्भावना बढ्छ ।

    सम्बन्ध विच्छेद वा अन्य कारणले छुट्टिएपछि रगतमा चिनीको मात्रा बढ्ने उच्च जोखिम हुन्छ । कहिलेकाहीँ एक्लै बस्नेहरूमा टाइप–टु मधुमेह विकसित हुने गर्छ ।

    यस अनुसन्धानका अन्वेषक कार्लटन युनिभर्सिटी, ओटावाकी क्याथरिन फोर्ड भन्छिन्, ‘इङ्गल्यान्डमा ५० देखि ८९ वर्ष उमेर समूहका ३ हजार ३ सय ३५ व्यक्तिमा गरिएको अनुसन्धानले सँगै बस्दा मधुमेहमा सकारात्मक भिन्नता त देखिएको तर यसको स्पष्ट कारण भने पत्ता लाग्न सकेको छैन ।’

    अध्ययनले देखाएको छ कि सँगै बस्दा मधुमेह मात्र कम हुँदैन, रक्तचाप पनि नियन्त्रणमा रहन्छ । एक्लै बस्ने मानिसमा मधुमेह र रक्तचाप दुवैको उच्च स्तर हुन्छ ।

    सँगै बस्ने जोडीलाई हृदयाघात हुने सम्भावना पनि कम हुन्छ । अनुसन्धानले यो पनि देखाएको छ कि विवाहित पुरुषको औसत उमेर एक्लै बस्ने पुरुषको तुलनामा करिब १० वर्ष बढी हुन्छ ।

    युनिभर्सिटी अफ ईस्ट एन्ग्लियाका अनुसन्धानकर्ता क्रिस एम विल्सनले आफ्नो अनुसन्धान ‘हाऊ डज म्यारिज एफेक्ट फिजिकल एन्ड साइकोलोजिकल हेल्थ’ मा भन्छन् – विवाहको फाइदा मनोवैज्ञानिक स्तरमा महिलाभन्दा बढी पुरुषलाई बढी हुन्छ । यसले पुरुषको मानसिक स्वास्थ्य राम्रो हुन्छ ।

    अमेरिकाको एशर सेन्टर फर द स्टडी एन्ड ट्रीटमेन्ट अफ डिप्रेसिभ डिसअर्डरका डाक्टर शीहान डी. फिशर भन्छन् – सँगै बस्ने दम्पतीमा डिप्रेसनमा जाने चिन्ता त्यति धेरै हुँदैन, तर डिप्रेसनमा गए पनि एक्लै बस्नेहरूभन्दा त्यसबाट छिटो बाहिर निस्कन्छन् । उनी भन्छन् – ठुलो शल्यक्रियापछि हुने पीडाबाट पनि दम्पती छिट्टै निको हुन्छन् ।

    अन्य धेरै अनुसन्धानले यो पनि देखाएको छ कि यदि श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो हुन्छ भने, प्रतिरक्षा प्रणाली पनि राम्रो हुन्छ । उनीहरूको रोग प्रतिरोधी क्षमता बढ्छ र उनीहरू एक्लै बस्ने मानिसहरूको तुलनामा कम बिरामी हुन्छन् ।

    सँगै बस्ने दुवैको स्वभाव र व्यवहारमा पनि परिवर्तन आउँछ

    अस्ट्रेलियाको ल ट्रोब युनिभर्सिटीका ज्योफ्रे लेगाट भन्छन्, ‘सँगै बस्दा शारीरिक वा मानसिक रूपमा मात्रै परिवर्तन हुँदैन, व्यवहारमा पनि परिवर्तन हुन्छ । सामाजिक परिवर्तन पनि हुन्छन् ।

    बोलचालको भाषामा पनि ती शब्दहरू समावेश हुन्छन्, जुन पार्टनरले बढी प्रयोग गर्छन् । नयाँ शब्द मात्र होइन बोलीचालीको भाषाको हिस्सा बन्ने होइन, ती शब्दको उच्चारणको तरिका पनि फेरिन थाल्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ