• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    ३२ लाखमा बिक्यो यो साँढेको वीर्य !

    2.6K
    SHARES

    काठमाडौँ। सायद यो साँढे संसारकै सबैभन्दा मूल्यवान वीर्य भएको साँडे हो । एक लिलामीका क्रममा यसको वीर्य लाखौँ रुपैयाँमा बिक्री भएको छ ।

    रोचक त के भने वीर्य खरिदकर्ताले लिलाम बढाबढमा त्यसका लागि अझै धेरै रकम तिर्न पनि तयार थिए । तर अन्ततः उनले करिब ३२ लाख रुपैयाँ मूल्यमा साँडेको वीर्य खरिद गर्न सफल भए ।

    अष्ट्रेलियाको नर्थ क्विन्सल्याण्डका किसान मार्क र पाम प्रिचर्डले आफ्नो फार्ममा पालेका गाईहरूका लागि कृत्रिम गर्भाधान तर उत्तम वीर्यको खोजीमा थिए । त्यहीँ क्रममा उनीहरूले Big Country Brahman Sale मा एउटा साँढेको १० नली वीर्य कुल २४ हजार डलरमा खरिद गरे । त्यसक्रममा प्रतिनली २४ सय डलर मूल्य परेको छ ।

    वास्तवमा उक्त साँढे चानचुने होइन । सन् २०१७ मा करिब चार करोड ३० लाख (३ लाख २५ हजार डलर) रुपैयाँ ऐतिहासिक मूल्यमा बिक्री भएसँगै त्यो साँढे चर्चामा आएको थियो ।

    पशु प्रजनन कम्पनी Elrose Brahman Stud का सञ्चालक रोजर र लरिना जेफरिजले उक्त साँडे खरिद गरेका थिए । उक्त साँढे त्यतिबेलाको सबैभन्दा महँगो कीर्तिमानी साँढे बनेको थियो । यो साँढे अहिले सात वर्षको भएको छ ।एजेन्सी  बाट       

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया