• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

यी हुन् संसारका सबैभन्दा सुन्दर पुरुष

5.1K
SHARES



काठमाडौं । नेटफ्लिक्समा रहेको लोकप्रिय श्रृंखला ब्रिजरटनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बेलायती अभिनेता रेगे जेन पेजलाई संसारको सबैभन्दा सुन्दर पुरुषको उपाधि दिइएको छ । उनलाई दर्शकको रोजाइका आधारमा नभई एक वैज्ञानिक अनुसन्धानका आधारमा संसारकै सुन्दर पुरुष घोषणा गरिएको छ ।

ग्रिक गोल्डेन अनुपात समीकरण अनुसार उनलाई संसारको सबैभन्दा सुन्दर पुरुष घोषित गरिएको हो । अनुसन्धानकर्ता वैज्ञानिकका अनुसार जेन पेजको अनुहार साँच्चिकै मनी मेकर छ । ३४ वर्षीय अभिनेताको अनुहार उक्त समीकरण अनुसार ९३.६५ प्रतिशत पूर्ण पाइएको छ । ग्रिक गोल्डेन रेसियो समीकरणबाट कुनै पनि व्यक्तिको अनुहारको सुन्दरता तथा बनावटको आकलन गरिन्छ ।

मेट्रो डट युकेमा प्रकाशित समाचार अनुसार हार्ले स्ट्रिट फेसियल कस्मेटिक सर्जन डाक्टर जुलियन डी सिल्भाले अत्याधुनिक कम्प्युटराइज्ड म्यापिङ प्रविधिको प्रयोग गरेर सूचि तयार गरेकी थिइन् र उक्त सूचिलाई नतिजाको कसीमा जाँचिएको थियो ।

अभिनेता आफ्नो सुन्दर अनुहार तथा नसालु आँखाका कारण सूचिमा सबैभन्दा माथि परेका छन् । आफ्नो आँखाको सुन्दरता र अवस्थितिका कारण नै उनले सबैभन्दा धेरै अंक प्राप्त गरेर सर्वाधिक सुन्दर पुरुष बन्न सफल भएको उनको भनाइ छ ।

उनको अनुहारमा अरु सबै चिजहरु शतप्रतिशत सुन्दर भए पनि उनको नाकको लम्बाई तथा चौडाइका कारण भने केही कम अंक प्राप्त गरे । यस क्रममा ओठ, मुख, चिउडोे, ओठको चौडाइ, अनुहारको आकार, नाक, आँखाको अवस्थिति र आकार, निधार लगायतका सबै अंगहरु मापन गरिएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ