• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    पत्रकार सामीमी तीन वर्षपछि रिहा

    1.3K
    SHARES

    काठमाडौँ। सन् २०२० को डिसेम्बरदेखि जेलमा रहेका इरानी पत्रकार केभान सामीमीलाई बिहीबार रिहा गरिएको छ ।

    पारिवारिक स्रोतका अनुसार ७४ वर्षीय समिमीलाई ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

    तेहरानबाट करिब २०० किलोमिटर पूर्वमा रहेको सेम्नान जेलमा गत वर्ष स्थानान्तरण गरिएका समीमीलाई आज दिउँसो रिहा गरिएको उनको परिवारले पुष्टि गरेको छ ।

    सन् २०२२ को फेब्रुअरीमा उनलाई स्वास्थ्यको कारण देखाउँदै जेल छाड्न अनुमति दिइएको थियो ।

    तर राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गरेको आशङ्कामा मे महिनामा उहाँलाई फेरि पक्राउ गरीएको इरानको मेहर समाचार एजेन्सीले जनाएको छ ।

    गत डिसेम्बरमा समीमीले सेप्टेम्बर १६ मा महसा अमिनीको मृत्युपछि इरानमा भएको विरोध आन्दोलनको समर्थनमा आफ्नो मोबाइलबाट सन्देश पठाएका थिए।

    २२ वर्षीया इरानी कुर्दको तेहरानमा महिलाहरूका लागि इस्लामिक गणतन्त्रको ड्रेस कोडको उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएपछि ‘नैतिकता प्रहरी’को हिरासतमा मृत्यु भएको थियो ।

    समीमीले सन् १९७९ को इस्लामी क्रान्तिअघि र पछि पटक पटक जेल जीवन बिताएका छन् ।

    यस्तै रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ ।

    ‘हामी ३० भन्दा बढी क्षेप्यास्त्रको प्रहार भएको अनुमान गरेका छौँ, यी क्षेप्यास्त्रहरु पहिले नै विभिन्न क्षेत्रहरूमा देखा पर्न थालेको छ’ युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले स्थानीय सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया