• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बन्द सकिएलगत्तै विप्लवको अर्को विज्ञप्ति, केपी-प्रचण्डलाई चेतावनी, जनतालाई धन्यवाद

    22.2K
    SHARES



    काठमाडौँ, ३० बैशाख ।

    नेपालको दुइदिने भ्रमणमा निस्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको अरुण तेस्रो लगायतका राष्ट्रघाती सम्झौताको विरुद्धमा नेपाल बन्द आव्हान गरेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले बन्द सकिए लगत्तै पुनः बिज्ञप्ति जारी गरेका छन् ।

    विप्लवले बिज्ञप्ति मार्फत नेपाल बन्दमा सहयोग गर्ने उद्योगी, व्यापारी, बामपन्थी बुद्धिजीवीलगायत आम जनतालाई धन्यावाद दिएका छन् । आइतबार साँझ विज्ञप्ति जारी गरेर विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको क्रममा राष्ट्रहित विपरित गतिविधिको विरुद्ध नेपाल बन्दमा सहयोग समर्थन गर्ने सबै राष्ट्रवादी देश शक्ति जनतालाई धन्यवाद दिएका हुन् ।

    विप्लवले संसदीय पार्टीहरुले आयोजना गरेको चुनाव र त्यो चुनावमा आफूलाई वामपन्थीको खोल ओडेर जनतामा भ्रम पारेर कथित वाम गठबन्धन नेतृत्वमा बनेको केपी ओली र प्रचण्डको संयुक्त सरकारले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त सीमित अधिकारहरुमाथि पनि प्रतिबन्ध लगाउँदै आएको बताएका छन् ।

    उनले भनेका छन्- “मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षा फौज, नेपालका शासक प्रशासकले देशभक्त नेपाली जनतामाथि गरेको दमन र केपी ओली सरकारले मालिक रिझाउन गरेको राष्ट्रघात विरुद्ध हाम्रो पार्टीले वैशाख ३० गते आजकादिन नेपालबन्दको घोषणा गरेको थियो । उक्त बन्द नेपाली जनताको प्रतिरोध र प्रतिवाद, यहाँका देशभक्त, राष्ट्रवादी, जनगणतन्त्रवादीहरुको सक्रियता, समर्थन, सहयोग र ऐक्यबद्धतामा सफल भएको छ । त्यसैले यो बन्दलाई सफल पार्न सहयोग र समर्थन गर्नुहुने सबै प्रति हाम्रो पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ ।”

    यस्तै विज्ञप्तिमा मोदीको भ्रमणका क्रममा सर्वत्र विवादित अरुण–३ को शिलन्यास, जनकपुरमा कथित नागरिक अभिनन्दनका नाममा भारतीय सेना र सुरक्षाफौजले गरेको ताण्डव नृत्य, मुस्ताङमा पूजा अर्चना गर्ने नाममा मोदी र उनका डफ्फाले गरेको क्रियाकलाप, राष्ट्रिय नाचघरमा गरिएको स्वघोषित अभिनन्दन र नेपालका पत्रकारमाथि भारतीय सुरक्षा फौजले गरेको हर्कतलाई निरीह प्राणी झैं टुलुटुलु हेरेर बस्ने नेपालका शासकहरुको क्रियाकलापले नेपाल र नेपाली जनताको इतिहासमा नै मानमर्दन गरेको मात्र छैन कि आफ्नो लुटको स्वर्ग बचाउन यहाँ दलाल संसदीय पुँजीवादी शक्तिहरु हदैसम्म लम्पसार पर्दा रहेछन् भन्ने कुरा पुष्टि गरेको बताइएको छ ।

    यस्तै विप्लवले मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षाफौज, नेपालका शासक प्रशासकले देशभक्त नेपाली जनतामाथि गरेको दमन र केपी ओली सरकारले मालिक रिझाउन गरेको राष्ट्रघातका विरुद्ध आफ्नो पार्टीले वैशाख ३० गते नेपाल बन्दको घोषणा गरेको बताएका छन्।

    आफ्नो पार्टी आगामी दिनमा पनि नेपाली जनताको मुक्ति अभियानमा रहेको भन्दै महासचिव विप्लवले जबसम्म नेपालबाट दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त भई समाजवाद स्थापना हुँदैन, तबसम्म आफ्नो पार्टी निरन्तर संघर्षमा रहिरहने प्रतिबद्धता पनी जाहेर गरेका छन् ।

    विप्लवले केपी र प्रचण्डको कथित वाम गठबन्धन र उनीहरुले भन्दै आएको समाजवाद उन्मुख राज्यव्यवस्थाको भ्रममा नपरी यो सत्ताको समुल नष्ट गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा सरिक हुन पनि आह्वान गरेका छन् ।

    यस्तै बिप्लवले देश र जनता प्रति घात गर्दै आगामी दिनमा यस्तै खाले राष्ट्रघाती सम्झौताहरु नगर्न पनि प्रचण्ड-केपीलाई चेतावनी दिएका छन् । आफ्नो पार्टीको आग्रहलाई नसुनी ओली प्रचण्डले यस्ता हर्कत पुनः दोहोर्याए जनस्तरबाट सशक्त कारबाही गर्ने बताएका छन् ।

    यो पनि पढ्नुहोस

    प्रहरीको अहिलेसम्मकै लाजमर्दो हर्कत, अन्तरवार्ता दिँदादिँदै नेकपाका नेता स्टुडियोबाटै गिरफ्तार

    नेपाल बन्दमा प्रहरी आतंकित, धानखोलामा ४ राउण्ड गोलि चलायो !

    भाटभटेनी सुपर मार्केटमा शक्तिशाली बम विष्फोट, जमिनै हल्लिएपछि स्थानीयको भागाभाग

    BREAKING: सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट, के छ क्षतिको अवस्था ?

    आज नेपाल बन्द, विहानैदेखि आगजनी र तोडफोड, दर्जन ठाउँमा बम विस्फोट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ