• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    मोदीका अगाडि आफ्नो बेइज्जत गरेको भन्दै ओलीले मुख्यमन्त्री लालबाबुलाई यसरी झपारे !

    20.7K
    SHARES



    काठमाडौं, ३० बैसाख ।

    भारतीय समकक्षी नरेन्द्र मोदीका अगाडी आफ्नो बेइज्जत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अप्रत्यक्षरुपमा झपारेका छन् ।

    नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताएका छन् ।

    हतियारधारी भारतीय कमाण्डोहरू जनकपुरदेखि काठमाडौं हुँदै मुक्तिनाथसम्म खटाएर सार्वभौमसत्ता राष्ट्रको धज्जी उदाएका ओलीले मोदीका सामु मुख्यमन्त्रीले बेइज्जत गरिदिएपछि उनी जंगिएका हुन् ।

    मोदीको भ्रमणबारे आइतबार संसदलाई जानकारी दिँदै उनले मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताए ।

    शुक्रबार जनकपुर आएका मोदी लाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारत सरकारबाट आर्थिक सामाजिक सांस्कृतिक सहयोगको अपेक्षा गरेको बताएका थिए ।

    उनले मोदीले तेस्रो पटकको नेपाल भ्रमण जनकपुरबाट प्रारम्भ गरी सद्भाव प्रकट गरेको भन्दै आभार व्यक्त गरेका थिए । साथै मुख्यमन्त्री राउतले मोदीका अगाडि धेरैजसो मधेसी जनता गरिब रहेकाले प्रदेश २ ले विकासका लागि भारतलाई आग्रह गरेको बताएका थिए ।

    उनले मोदीका अगाडि संविधानको बारेमा पनि विवादस्पद अभिव्यक्ति दिए । उनले संविधानलाई ‘विभेदकारी’ भन्दै संविधान र प्रादेशिक अधिकारका लागि संघर्ष जारी रहेको बताएका थिए ।

    एक अर्को प्रसंगमा ओलीले आफु छिट्टै चीन भ्रमणमा जाने बताएका छन् ।उनले भने, ‘सायद म छिट्टै चीन भ्रमणमा जानेछु ।’ तर, चीन भ्रमण कुन मितिमा हुने भन्ने प्रधानमन्त्रीले खुलाएका छैनन् ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ