• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    धर्तीमा भेटियो डाइनासोर युगभन्दा अघिको तीनवटा आँखा भएको जीव

    4K
    SHARES

    काठमाडौँ। एक पर्यटकीय स्थलमा घुम्न आएका केही मानिसहरुले पृथ्वीमा ५५ करोड वर्ष अघिदेखि अस्तित्वमा भएको जीव भेटेका छन् । उनीहरु अमेरिकाको एरिजोनको चर्चित पहाड ‘द वेव’ मा घुमिरहेका थिए ।

    त्यहाँ उनीहरुले एउटा पोखरी देखे । त्यहाँ उनीहरुले धेरै प्रकारका ऐतिहासिक ट्रायओप्स (स-साना जलीय जीव जुन डायनासोरको युगका हुन्) भेटे । यसको एउटा भिडियो पनि सार्वजनिक भयो जसमा उनीहरु पानीमा तैरिरहेको देखिन्छन् ।

    २९ वर्षका अदार लिबोविच पनि ती पहाडको बीचमा घुमिरहेका थिए । त्यति नै बेला उनको नजर एक अचम्मको जीवमाथि पर्यो । त्यहाँ उनले पोखरीमा तीनवटा आँखा भएको जीव देखे । अदार व्यावसायिक रुपमा कम्प्युटर इन्जिनियर हुन् ।

    अदारले उक्त जीवको भिडियो इन्स्टाग्राममा सेयर गर्दै आफ्नो अनुभव साझा गरेका छन् । उनले लेखे, ‘एक असाध्यै अलमलमा परेँ । म एक मरुभूमिको बीचमा थिएँ र त्यहाँ एक पोखरीमा मैले एउटा जिउँदो जीव भेटेँ । यो कसरी सम्भव हुन सक्ला ? यिनीहरुको अण्डालाई वर्षौंसम्म एक्लै छोड्न सकिन्छ र एकपटक पानी अण्डाको सम्पर्कमा आएपछि भित्रको जीव बाहिर आउँछ ।’

    पानीमा बस्ने यो जीवलाई ग्रीकमा ‘तीन-आँखा’ का लागि प्रयोग गरिने शब्दमा ट्रायओप्स नाम दिइएको छ । यी जीवका दुई ठूला र एउटा सानो आँखा छन् । सानो आँखा दुई ठूला आँखाको बीचमा छ । सानो आँखामा फोटोरिसेप्टर्स हुन्छन् जसले लाइट डिटेक्ट गर्न मद्दत गर्छ ।

    ट्रायओप्सलाई ‘डायनासोर श्रिम्प’ पनि भनिन्छ । किनभने ३६ करोड वर्षदेखि ४३ करोड वर्षका बीच डेवोनियन पिरियडदेखि लिएर हाालसम्म यिनीहरुको बाहिरी आवरणमा निकै कम परिवर्तन आएको छ । १० करोड वर्ष अघि डायनासोर अस्तित्वमा आउनु अघि पनि यी ट्रायओप्स यो पृथ्वीमा थिए ।

    ट्रायओप्सको भिडियो सेयर गर्र्दै अदार लिबोविचले लेखे, ‘हामी निकै भाग्यमानी छौँ कि हामी यो दुनियाँको हिस्सा हौँ । जहाँ ट्रायओप फिशजस्ता जीव, हालको जानकारीका अनुसार यो ग्रहमा सबैभन्दा लामो समयदेखि रहँदै आएका छन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ