• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    श्रीमान-श्रीमतीका एक अर्कालाई आरोप, १० वर्षको वैवाहिक सम्बन्ध चैट

    2.9K
    SHARES

    काठमाडौँ। एक चिनियाँ महिलाले आफ्नो १० वर्षको वैवाहिक सम्बन्ध तोडेकी छिन् । श्रीमानको फिसिङ (माछा मार्ने) बानीले आजित भएपछि उनले यस्तो निर्णय लिएकी छिन् । उनका श्रीमानले आफ्नो परिवारभन्दा पनि फिसिङलाई बढी महत्व दिने गरेको श्रीमतीले आरोप लगाएकी छिन् ।

    अडिटी सेन्ट्रलका अनुसार चीनको सानडोङ प्रान्तस्थित जुवे काउन्टी पिपल्स कोर्टमा पेश गरिएको सम्बन्धविच्छेदको निवेदनमा झाङ थर भएकी महिलाले आफू श्रीमानको फिसिङ गर्ने बानीले दिक्क भइसकेको बताइन् ।

    उनले भनिन्, ‘मैले घरको सबै काम गर्नुपर्छ, दुई सन्तानको हेरविचार पनि मैले नै गर्ने हो । तर श्रीमान् भने सोफामा बसेर आनन्दले स्मार्टफोन चलाइरहन्छन् र बेलुकाको खाना खाएपछि सधैँ साथीहरुसँग फिसिङ जान्छन् ।

    मैले उनलाई त्यसो नगर्न र आफ्नो समय बच्चाहरुलाई पनि दिन आग्रह गरेँ । तर उनले मानेनन् । त्यसैले सम्बन्धविच्छेदबाहेक मैले अर्को विकल्प देखिनँ ।’

    ‘ब्रेकफास्ट तयार गर्न म बिहान ६ बजेभन्दा अघि नै उठ्नुपर्छ । आफू अफिस जानुअघि दुईजना बच्चालाई स्कूल पठाउँछु । भाँडा माझ्ने, घर सफा गर्ने, बच्चालाई स्कूलबाट ल्याउने र उनीहरुलाई होमवर्क गराउनेदेखि सबै मैले मात्रै गर्छु…म थाकिसकेँ,’ झाङले अदालतमा पेश गरेको निवेदनमा लेखेकी छिन् ।

    ‘तर श्रीमान् भने मैले ब्रेकफास्ट बनाइसकेपछि उठ्छन्, कामबाट फर्किएपछि उनी सोफामा सुतेर मोबाइल फोन चलाउँछन्,’ उनले थपिन्, ‘बेलुकाको खाना खाएपछि उनी सिधै फिसिङका लागि जान्छन्, धेरैजसो त रातभरी माछा मारेरै बस्छन् ।’

    श्रीमतीको गुनासोले वाक्क भएका सन थर भएका श्रीमानले पनि आफ्नो वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरे । दुई जनाबीच कुरा मिलाउन नसकेपछि न्यायाधिशले सम्बन्धविच्छेदको निवेदनलाई मञ्जुरी दिए ।

    ‘फिसिङ नराम्रो कुरा होइन तर जे कुराको पनि सीमा हुन्छ । विवाह भइसकेपछि श्रीमान् वा श्रीमती अथवा अभिभावकको रुपमा तपाईंले पनि केही जिम्मेवारी वहन गर्नुपर्छ… परिवारभन्दा अघि फिसिङलाई नराख्नुहोस्,’ न्यायाधिश फु होङ्लियनले सनलाई भनिन् । तर यी कुराले सनलाई केही असर परेको जस्तो देखिएन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया