• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    एउटै व्यक्तिले प्रहरीलाई ९ दिनमा २,००० पटक फोन गरेपछि…

    3.7K
    SHARES

    काठमाडौँ। एक वृद्ध जापानीले प्रहरी चौकीमा ९ दिनमा २,०६० पटक फोन गरे । उनले फोन मात्रै गरेनन् त्यहाँका कर्मचारीलाई ‘कर ठग’ र ‘मूर्ख’ भनेर चिच्याउँदै गाली पनि गरे । उनले यस्तो व्यवहार देखाएपछि प्रहरीले उनलाई पक्राउ गरेका छन् ।

    सोरा न्युजका अनुसारसेप्टेम्बर ३० र अक्टोबर ८ को बीचमा सैतामा प्रिफेक्चरका ६७ वर्षका व्यक्तिले प्रिफेक्चरल प्रहरी मुख्यालयमा कुल २०६० पटक फोन गरेर त्यहाँका कर्मचारीमाथि चिच्याउँदै सबैजना बर्खास्त हुनुपर्छ भन्दै गाली गरे ।

    ९ दिनको अन्तरालमा उनले प्रत्येक ६ मिनेटमा फोन गरे र उनले जम्माजम्मी २७ घण्टा कुराकानी गरे । अन्ततः प्रहरीले ती व्यक्तिको घरमा छापा मारेर प्रहरीको काम कारवाहीमा अवरोध पुर्याएको भन्दै पक्राउ गरे ।

    उनले आफ्नो आरोप स्विकार गर्दै भने, ‘मलाई थाहा थियो, एक दिन प्रहरीले मलाई पक्राउ गर्नेछ ।’ यो अचम्मको घटनामाथि अनुसन्धान जारी छ किनभने नाम नखुलाएका ती ६७ वर्षका जापानीले प्रहरीलाई सोधपुछमा सहयोग गरिरहेका छैनन् ।

    चाखलाग्दो कुरा के छ भने उनको फोन रेकर्ड अनुसार उनले वर्षौँदेखि प्रहरीलाई फोन गर्दै आएका थिए । तर पछिल्लो समय भने उनको यो क्रियाकलापमा अत्यधिक वृद्धि भएको थियो ।

    यद्यपि, प्रहरीले आफ्नो काम कारवाहीमा हस्तक्षेप गरेको र कसैको जीवन रक्षाका लागि आवश्यक पर्ने स्रोतको दुरुपयोग गर्नु एउटा गम्भीर मुद्दा भएको बताएको छ । तर यस्तो क्रियाकलापमा ती व्यक्तिको निरन्तरता र डेडिकेसनबारे पनि धेरैले कुराकानी गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ