• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    चार वर्षीया बालिकाको पेटमा भेटिए ६१ वटा गुच्चा

    2.4K
    SHARES

    काठमाडौं । सुन्दैमा अनौठो तथा पत्यारै नलाग्ने एउटा घटना चीनमा हालै भएको छ । त्यहाँ एक ४ वर्षीया बालिकाको पेटबाट डाक्टरहरुले शल्यक्रिया गरेर ६१ वटा गुच्चा निकालेका छन् ।

    अनौठो त के भने छोरीले त्यति धेरै गुच्चा निल्दासम्म उनका बुवा-आमाले त्यसको छनक सम्मपनि पाएका थिएनन् । तर जब बालिकालाई पेट दुख्ने समस्या लिएर उनीहरु चेकजाँचका लागि अस्पताल पुगे र अस्पतालमा एक्सरे गरियो, तब उनीहरु छाँगाबाट खसेझैँ भए । किनकी बालिकाको पेटमा ठूलो संख्यामा गुच्चा भएको थाहा भयो ।

    डाक्टरहरुले एक महिनादेखि पेट दुखिरहेको समस्या लिएर अस्पतालमा उपचारका लागि लगिएकी ती बालिकाको पेटबाट शल्यक्रिया गरी ६१ वटा गुच्चा बाहिर निकालेर पुनर्जीवन दिन सफल भएका छन् । ती बालिकाको पेटमा मोतीको मालाजस्तै गरी ६१ वटा गुच्चा अडिएका थिए ।

    उक्त शल्यक्रिया करीब ३ घण्टासम्म चलेको थियो । शल्यक्रियाका क्रममा उनको आन्द्रामा एक दर्जन भन्दा धेरै प्वाल पार्नु परेको थियो । शल्यक्रिया पश्चात् ती बालिका हाल खतरामुक्त रहेको र स्वास्थ्यलाभ गरिरहेको जनाइएको छ ।

    चीनको झेजियांग प्रान्तस्थित हांगझोउमा यो घटना भएको हो । झेजियांग युनिभर्सिटी स्कुल अफ मेडिसिनको बाल अस्पतालमा ती बालिकाको शल्यक्रिया गरिएको थियो ।

    ती बालिकाले निलेका चुम्बकीय गुच्चाहरुमा पेटमा गएपछि चुम्बकीय आकर्षणका कारण एक अर्कामा टाँसिएर मोतीका दानाझैँ गरी आन्द्रामा लहरै रहेका थिए । साथै गुच्चाका कारण उनको आन्द्रामा प्वाल समेत पर्न थालेको थियो र कूल १४ वटा प्वाल डाक्टरहरुले फेला पारेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ