• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    पुच्छर भएकी बालिकाको जन्म

    2.2K
    SHARES

    मेक्सिको। मेक्सिकोमा चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना बाहिर आएको छ । यहाँ २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन् ।

    पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन् । यो पुच्छर अहिले चिकित्सकहरुले निकालिसकेका छन् । बालिका अस्पतालबाट डिस्चार्ज भएको दुई महिनाभन्दा बढी भइसकेको छ । उनी पूर्ण रुपमा स्वस्थ छिन् ।

    पुच्छरमा रौँ, टुप्पोको आकार गोलो

    जर्नल अफ पेडियाट्रिक सर्जरीमा प्रकाशित यो केस रिपोर्ट अनुसार बच्चाको पुच्छरको लम्बाइ ५.७ सेन्टिमिटर थियो । यसको व्यास ३ देखि ५ मिलीमिटरको बीच थियो । जन्मँदा पुच्छरमा हल्का रौँ थियो र टुप्पो पट्टिको आकार गोलो थियो । डाक्टरहरूले बच्चा जन्मे पछि अर्को दुई महिनासम्म निगरानी गरे । यस क्रममा उनीहरुले नवजात शिशु सामान्य बच्चा जस्तै हुर्किरहेको पाए । तौल पनि सामान्य थियो । दिमाग र हृदयमा कुनै समस्या थिएन ।

    सुत्केरी हुँदा कुनै संक्रमण थिएन, आमा छोरी स्वस्थ

    उत्तरपूर्वी मेक्सिकोको नुवो लियोन राज्यको ग्रामीण अस्पतालमा बालिकाको जन्म भएको हो । आमा सामान्य तरिकाले सुत्केरी नभएर शल्यक्रिया गरेर बच्चा निकाल्नुपरेको थियो । बालिकाका अभिभावकको उमेर २० देखि ३० वर्षको बीचमा रहेको र दुवै पूर्ण रूपमा स्वस्थ छन् । गर्भावस्थाको समयमा, आमा कुनै पनि प्रकारको विकिरण वा संक्रमणको सम्पर्कमा आएकी थिइनन् । उनीहरुका पहिले नै एक छोरा छन्, उनले सामान्य जीवन बिताइरहेका छन् ।

    पुच्छरमा दुखाइ थिएन, हल्लाउन पनि सकिन्थ्यो

    डाक्टरका अनुसार पुच्छरमा हड्डी नभएका कारण नरम थियो । पुच्छर कुनै पीडा बिना हल्लाउन सकिन्थ्यो । डाक्टरहरूले पूर्ण परीक्षणपछि पुच्छर पनि पूर्ण रूपमा स्वस्थ रहेको पत्ता लगाए । त्यसपछि बालिकाको शल्यक्रिया गर्ने निर्णय भयो । शल्यक्रियामा पुच्छरलाई लिम्बर्ग प्लास्टी गरेर शरीरबाट हटाइएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ