• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    बाइक दुर्घटनामा स्मरण गुमेर पत्नीलाई गर्लफ्रेण्ड ठान्न थालेपछि…

    3.2K
    SHARES

    काठमाडौं । भयानक सडक दुर्घटनामा एक व्यक्ति गम्भीर घाइते भए । अस्पतालमा सघन उपचारपछि उनको शरीरको घाउ त निको भयो तर उनको स्मरणशक्ति चाहिँ हरायो ।

    जब उनको होस आयो, त्यसबेलासम्म उनले आफ्नो जीवनको लामो कालखण्ड भुलिसकेका थिए । करीब २९ वर्षका सबै घटनाक्रमहरु उनले बिर्सिए । आफ्नै छोरीहरुलाई उनले चिन्न सकेनन् । पत्नीलाई पनि उनले गर्लफ्रेण्ड ठान्न थाले ।

    त्यस्तो संकटको घडीमा आफैं घाइते भएकी उनकी पत्नीले हिम्मत हारिनन् र पतिलाई साथ दिइन् । पतिलाई पूर्णरुपमा निको गराएपछि मात्र उनले ढुक्कको स्वास फेरिन् ।

    हालै एक अन्तरवार्ताका क्रममा अमेरिकाको भर्जिनियामा बस्ने उक्त जोडीले त्यस घटनाका बारेमा बताएका छन् । पत्नी क्रिस्टीले आफ्ना पति एन्ड्रयू म्याकेन्जी मोटरसाइकल दुर्घटनामा परेपछि सिर्जना भएको अवस्थाले आफूहरुबीचको सम्बन्ध झनै कसिलो बनेका बताएकी छन् ।

    उनीहरुको बिहे भएको ३७ वर्ष भैसकेको छ । ५८ सालका एन्ड्रयूको गत वर्ष जून महिनामा बाइक दुर्घटना भएको थियो । उनले बाइक चलाइरहेको बेलामा पत्नी क्रिस्टी बाइकको पछाडि बसिरहेकी थिइन् । दुर्घटनामा एन्ड्रयू गम्भीर घाइते भए । उनका हड्डी भाँचिनुका साथै आन्तरिक रक्तस्राव र फोक्सोमा चोट पनि लागेको थियो ।

    एन्ड्रयूलाई अस्पतालमा ३ दिनपछि मात्र होस आएको थियो । होसमा आउँदा उनले आफ्नो जीवनको २९ वर्षका घटनाहरु सबै बिर्सिएका थिए । उनलाई आफू अहिले सन् १९९३ मा रहेको जस्तो भान भयो ।

    होसमा आउँदा उनले आफ्ना छोरीहरु लोरेलाई र अमान्डालाई समेत चिनेनन् । पत्नीलाई उनले गर्लफ्रेण्ड भन्न थाले । अर्थात् उनले क्रिस्टीसँग बिहे गरेको बिर्सिसकेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ