• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    संसारकै अग्ली महिलाको पहिलो हवाई यात्रा…

    4K
    SHARES

    काठमाडौँ। सोसल मिडियामा संसारकी सबैभन्दा अग्ली महिलाको पहिलो हवाईजहाज यात्राले मानिसहरुको ध्यान निकै तानेको देखिन्छ ।

    तपाईंलाई पनि अनौठो लाग्न सक्छ कि ती महिलाको शरीर यतिधेरै अग्लो छ कि उनका लागि जहाज भित्रको उचाइ पर्याप्त हुने कुरै भएन । उनको बसाइको बन्दोबस्त गर्नका लागि जहाज भित्रका ६ वटा सिट हटाएर ओछ्यान नै बनाउनु पर्‍यो ।

    टर्किस नागरिक रुमेसा गेल्गी संसारकी सबैभन्दा अग्ली महिला हुन् । २५ वर्षीया रुमेसाको जीउको उचाइ ७ फिट ७ इन्च छ । उनको जीउडालकै कारण जहाजमा आम यात्रुहरू बस्ने सिट रुमेसाका लागि पर्याप्त नहुने नै भयो । त्यसैले एयरलाइन्सले रुमेसाका लागि ६ वटा सिट जोडेर एउटा ओछ्यान जस्तै सिट बनाइदियो, ता कि उनले आरामसँग आफ्नो यात्रा तय गर्न सकून् ।

    रुमेसाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनको पहिलो जहाज यात्राका केही तस्वीरहरू शेयर गरेकी छिन् । जसमा उनी टर्किस एयरलाइन्सको जहाजभित्र एउटा लामो सिटमा पल्टिएको देखिन्छ ।

    उनका लागि ६ वटा इकोनोमी सिटलाई एउटा ओछ्यान आकारमा ढालिएको छ । आफ्नो पहिलो हवाइजहाज यात्राका क्रममा रुमेसा टर्कीबाट अमेरिका गएकी हुन् । उनले १३ घण्टाको हवाई यात्रा गरिन् ।

    स्मरण रहोस् विश्वको सबैभन्दा अग्लो महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी रुमेसा सबैभन्दा लामो हत्केला हुने महिला पनि हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ