• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    तिब्बतको पग्लिरहेको हिमनदीमा भेटियो खतरनाक भाइरस, १५,००० वर्ष पुरानो रहेको अनुमान

    3.3K
    SHARES

    काठमाडौँ। हालै एउटा अनुसन्धान गरिएको थियो जसमा अर्को महामारी हिमनदी पग्लिएका कारण निम्तिने चेतावनी दिइएको थियो ।

    अनुसन्धानमा कोरोनाका सबै प्रकारका खतरनाक भाइरस र ब्याक्टेरिया हिमनदीमा लुकेको भनिएको थियो । वैज्ञानिकले यी हिमनदीमा भाइरस पाउन थालिसकेका छन् । बरफ पग्लिरहेका छन् र यहाँबाट प्राचीन जीव निस्किन थालेका छन् । यी प्राचिन भाइरसको फिर्ती हाम्रो लागि राम्रो होइन । बरफ पग्लिएपछि बाहिर आएका यी भाइरस वातावरणमा फैलिन सक्छन् ।

    माइक्रोबायोममा प्रकाशित शोधमा अनुसन्धानकर्ताले तिब्बती पठारको गुलिया आइस क्याम्पबाट दर्जनौँ अचम्मका भाइरसको पहिचान गरेका छन् । यो भाइरस करिब १५ हजार वर्ष पुरानो बताइएको छ । शोधका मुख्य लेखक तथा ओहियो स्टेट युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट जि पिङ झोङले यी हिमनदी बिस्तारै बनेको बताए । धुलो र ग्यासका साथै थुप्रै भाइरस पनि त्यहि बरफमा जमे ।

    पछिल्ला अध्ययनबाट के पत्ता लागेको छ भने सुक्ष्मजीव समुदायको सम्बन्ध, वातावरणमा धुलो र आयन सान्द्रतामा परिवर्तनसँग जोडिएको हुन्छ । यसले त्यतिबेलाको जलवायु र पर्यावरणीय परिस्थितिको पनि संकेत दिन्छ । चीनमा समुद्र सतहबाट ६.७ किलोमिटर उचाइमा रहेको पुरातन समयका यी जमेका हिमनदीमा ३३ मध्ये २८ वटा भाइरस पहिले कहिल्यै नदेखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

    ओहियो स्टेट युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट म्याथ्यू सुलिवनका अनुसार यो यस्ता भाइरस हुन् जुन कठिन वातावरणमा हुर्किएका होलान् । ज्ञात भाइरसको डाटाबेसले यी भाइरसको जेनेटिक सिक्वेन्सको तुलना गर्दा बरफमा भेटिएका सबैभन्दा धेरै भाइरस ब्याक्टिरियोफेज भाइरस थिए जुन मिथाइलोब्याक्टेरियमलाई संक्रमित गर्छन् । मिथाइलोब्याक्टेरियम ब्याक्टेरिया बरफभित्र मिथेन चक्रका लागि महत्वपूर्ण हुन्छन् ।

    यो भाइरस, बोटबिरुवा र माटोको मिथाइलोब्याक्टेरियम स्ट्रेन्समा बस्ने भाइरससँग सबैभन्दा बढी मेल खान्थे । टिमले यो जमेको भाइरस हुनसक्ने निष्कर्ष निकाले जुन माटो वा बोटबिरुवाबाट उत्पन्न हुन्छन् र आफ्नो होस्टका लागि पोषक तत्व जम्मा गर्छन् । जबकी कोभिड-१९ महामारीपछि, यस्ता भाइरसले थप डर पैदा गर्छन् । सबैभन्दा ठूलो खतरा त यो पनि हो कि पग्लिँदै गरेको बरफले ठूलो मात्रामा सिक्वेन्स्ड मिथेन र कार्बन छोडिरहेको छ ।

    पृथ्वी वैज्ञानिक लोनी थम्पसनले भने, ‘हामीलाई कठिन वातावरणमा बस्ने भाइरस र किटाणुबारे धेरै कम थाहा छ । हामीलाई थाहा छैन कि जलवायु परिवर्तनमा ब्याक्टेरिया र भाइरसले कस्तो प्रतिक्रिया गर्छन् । धेरै कुरा अनुसन्धान गर्नै बाँकी छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ