• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    ‘मुस्कुराइरहेको’ सूर्यको तस्बिर

    2.8K
    SHARES

    काठमाडौँ। नासाको एक भूउपग्रहले यो हप्ताको सुरुमा हाँसिरहेको अनुहारजस्तो देखिने सूर्यको तस्बिर खिच्यो । उक्त अमेरिकी अन्तरिक्ष एजेन्सीले त्यस तस्बिरलाई ‘मुस्कुराइरहेको’ सूर्य भनेको छ ।

    नासाले बुधबार ट्विटरमा उक्त तस्बिर सार्वजनिक गर्दै लेखेको छः ‘आज नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीले ‘मुस्कुराउँदै’ गरेको सूर्यको तस्बिर खिच्यो । पराबैंगनी(अल्ट्राभ्वाईलेट) प्रकाशमा देखिएका यी कालो धब्बाहरूलाई कोरोनल होल(प्वाल) भनिन्छ, जुन ती क्षेत्रमा बन्छन् जहाँ तीव्र गतिमा सौर्य आँधी अन्तरिक्षतर्फ बाहिर निस्कन्छन् ।’

    नासाको ‘सोलार डाइनामिक्स अब्जर्भेटरी’ सौर्य गतिविधि कसरी सिर्जना हुन्छ र तिनले अन्तरिक्ष मौसमलाई कसरी प्रभावित बनाउँछ भन्ने अनुसन्धान गर्ने अन्तरिक्ष यान हो । सन् २०१० फेब्रुअरी ११ मा पहिलो पटक प्रक्षेपण गरिएको यस पर्यवेक्षक अन्तरिक्ष यानले सूर्यको भित्री भाग, वायुमण्डल, चुम्बकीय क्षेत्र र ऊर्जा उत्पादनको मापन गर्दछ ।

    नयाँ सूर्यको तस्बिर सार्वजनिक भएलगतै अनलाइनमा धेरै रमाइला प्रतिक्रियाहरू आइरहेको छ । कयौंले तस्बिरलाई अमेरिकामा लोकप्रिय रहेको पर्व हेलोवीनमा फर्सीलाई खोपेर बनाइने आकार वा हँसिलो सिंह वा बालबालिकाको शो टेलिटुबीजमा देखाइने सूर्यसँग तुलना गरेका छन् ।

    एक समाजिक संजाल प्रयोगकर्ताले नासाको सूर्यलाई ‘बीएन मिनी चकलेट बिस्कुट’सँग तुलना गरेका छन् । हसिलो अनुहारजस्तो देखिए पनि विज्ञहरूले सूर्यको यस्तो कोरोनल होलको कारण शनिबार पृथ्वीलाई सौर्य आँधी आउने बताएका छन् । स्पेसवेदर डट कमले यसबारे लेख्दै भनेको छ,‘ यो हंसमुख आकृतिले पृथ्वीतर्फ तीन गुणा बढी सौर्य आँधी पठाउनेछ ।’

    सौर्य आँधीहरू सौर्य सतहमा पिण्ड र ऊर्जाको विस्फोटबाट आउने आँधी हो । त्यो पृथ्वीसम्म आइपुग्दा त्यसले यस ग्रहको चुम्बकीय क्षेत्रलाई प्रभावित बनाउँछ । ठूला सौर्य आँधीहरूबाट मुख्यत भूउपग्रहका सिग्नलहरु प्रभावित हुन्छन् । यसले उत्तरी र दक्षिणी गोलार्धहरूमा ध्रुव प्रकाशको सम्पर्कमा आउँदा तिनलाई थप चहकिलो बनाएर आकर्षक ‘अरोरा’ बनाउँछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ