• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    मुख्य समाचार समाचार

    नेकपाले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीभित्र खैलाबैला ! सिन्धुली प्रहरीमा शक्तिशाली भूकम्प

    14K
    SHARES



    काठमाडौं, ८ बैसाख ।

    नेपाल कम्युनिस्ट पार्टीले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरी भित्र खैलाबैला मच्चिएको छ । उता सिन्धुली प्रहरीभित्र भने यो खबरले भूकम्प नै गएको छ ।

    शनिबार बिहान पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको दावी गरेपछि पुरै प्रहरीभित्र हलचल ल्याएको छ। यद्धपि यसबारे कुनै आधिकारिक पुष्टि भने हुन् सकेको छैन ।

    यसैबीच प्रहरीले सिन्धुलीबाट नेकपनिकट अखिल (क्रान्तिकारी) का २ जना नेतालाई गिरफ्तार गरेको छ । डिएसपी शर्माले एकजना केन्द्रीय नेता र अर्का जिल्लास्तरीय नेतालाई गिरफ्तार गरेको बताएका छन् ।

    उनका अनुसार अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजन बस्नेत र सिन्धुली जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेल गिरफ्तार परेका हुन् । उनीहरुबारे थप अनुसन्धान भैरहेको डिएसपी शर्माले बताए ।

    सैन्य बेसक्याम्प चलाएको हल्लापछि सिन्धुलीमा व्यापक प्रहरी परिचालन गरिएको सूचना समेत प्राप्त भएको छ ।

    तस्वीर:गुगलबाट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ