• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    माओवादी नेता लेखनाथ न्यौपानेसहित ५ जना पक्राउ, गुण्डा नाइके पुनको मुख्य सहयोगी बनेको आरोप

    26.3K
    SHARES



    काठमाडौं, ५ बैसाख ।

    अपराधिक घटना नियन्त्रणमा ‘ब्रेक थ्रु’ गर्ने घोषणा गरेको रुपन्देही प्रहरीले दुई महिनाअघि इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनका ५ जना सहयोगीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुल्सी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्का छन् ।

    पक्राउ परेका लेखनाथ माअोवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने उत्तम युथ फोर्सका पूर्व जिल्ला नेता हुन् । यसका साथै प्रहरीले बुटवल ४ का मदिरा उद्यमी हरी श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका तुल्सीराम न्यौपाने हरी श्रेष्ठको उद्योगका म्यानेजर हुन् ।

    प्रहरीले पक्राउमा परेकाहरुले मनोज पुनको सहयोगीको रुपमा काम गर्ने गरेको प्रमाण फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको रुपन्देही प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले बताए।

    उनीहरुले मनोज पुनका लागि सूराकी गर्ने तथा रकम असुल्ने गरेको प्रमाण फेला परेकोले नियन्त्रणमा लिईएको उनले बताए । मनोज पुन र उनका सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मारिएका थिए।

    पुनको योजनामा भएको रुपन्देहीको देवदहका दुर्गा तिवारीको हत्यापछि हत्यामा संलग्न श्याम बहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ