• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    महिलाको यौनीलाई पुजा गरिने अचम्मको मन्दिर, जहाँ ढुंगाबाट साच्चिकै रगत बग्छ !

    19.5K
    SHARES



    विश्वमा विभिन्न शक्तिपीठहरु छन् । जहा मानिसहरु विभिन्न इच्छा र मनोकामना पुरा हुने उद्देश्यका साथ पूजापाठ गर्छन् ।
    भारतमा रहेका ५२ वटा शक्तिपीठमध्ये ‘माँ कामाख्या’ प्रशिद्ध मानिन्छ ।

    यो मन्दिर भारतको पूर्वोत्तरमा असम राज्यको गुहाटी शहर नजिक पर्छ । यो मन्दिरमा देवी माताको कुनै पनि मूर्ति छैन । पौराणिक कथाअनुसार यो शक्तिपीठमा देवीमाताको योनी खसेको थियो । योनीलाई नै प्रतिकका रुपमा मानेर पूजा हुने गरेको छ ।

    त्यसै कारण भक्तजनहरूले यो स्थानलाई साधनका लागि प्रमुख केन्द्रका रुपमा लिन्छन् । यो मन्दिरमा जसको पनि इच्छा पूरा हुने विश्वाश गरिन्छ । सोही कारण यो मन्दिरको नाम कामाख्या मन्दिर राखिएको हो ।

    मन्दिरको तीन भाग छ । पहिलो भाग सबैभन्दा ठूलो छ । यो ठाउँमा सबैलाई प्रवेशको अनुमति छैन । दोस्रो ठाउँमा माताको दर्शनको व्यवस्था मिलाइएको छ । त्यहाँ कुनै मूर्ति छैन । तर, एउटा ढुंगा छ ।

    त्यो ढुंगाबाट पानी बगिरहन्छ । यो ढुंगाबाट महिनामा एक पटक रगतको धारा पनि आउने गर्छ । यो किन हुन्छ आजसम्म कसैलाई थाहा छैन । तर महिलाहरुमा हुने महिनावारी चक्र जस्तै भएकोले कतिपयले यसलाई महिनावारी चक्र पनि भन्ने गर्छन् ।एजेन्सी।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ