• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    यौन सम्पर्क गर्न नमानेपछि युवतीको हत्या गर्ने युवकले दिए प्रहरीलाई चकित पार्ने बयान !

    13.8K
    SHARES



    काठमाडौं, २ वैशाख ।

    यौन सम्पर्क गर्न नमानेपछि काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा २२ वर्षीय युवतीको हत्या भएको खुलेको छ ।

    हत्यामा संलग्न सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय गोपाल शर्मालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कञ्चनपुरको भारतीय सीमावर्ती क्षेत्रमा लुकेर बसेको अवस्था पक्राउ गरेर ल्याएको छ ।

    प्रहरीसँग बयान दिने क्रममा उनले युवतीले सहमति अनुसार सम्पर्क गर्न नदिइ गाली गलौज गरेपछि हत्या गर्नु परेको बताएका छन् ।

    गत चैत २४ गते गोगंबुको न्यु भुनेश्वरी एन्ड अर्जुन पाहुनाघरको कोठाभित्र २३ वर्षीया युवतीको शव घाँटी र खुट्टामा कपडाले बाँधिएको अवस्थामा भेटिएको थियो । २३ चैतमा शर्मासँगै ति युवती गेस्ट हाउसमा गएकी थिइन् ।

    शर्मासँग दुई हजार मागी कोठा आफैंले बुक गर्ने बताएर युवती गेष्ट हाउस छिरेकी थिइन् । शर्माले प्रहरीलाई दिएको बयानमा ‘सुरुमा १५ सय मात्र दिने बताएपनि पछि दुई हजार नै तिर्न तयार भएको’ बताए । राती ९ बजेसम्म शर्मा र युवतीले मादक पदार्थ सेवन गरेका थिए ।

    ‘राति रक्सी खाएर लठ्ठ भएर निवस्त्र भए पनि सहमति अनुसार सम्पर्क गर्न दिइनन् । बरु उल्टै केटाहरु बोलाएर खत्तम पार्छु भन्दै धम्काइन्’, प्रहरीले अभियुक्तको बयानलाई उदृत गर्दै भन्यो, ‘यसरी नै कति केटालाई लुटिसकेँ । तँलाई पनि लुट्ने हो । तेरो आमा, दिदी बहिनीहरुसँग सम्पर्क गर भनेर भनेपछि आवेशमा केटीलाई घाँटी र दुवै खुट्टामा बाँधेर होटलबाट भागेको हुँ ।’ उनको यस्तो बयानले प्रहरीलाई समेत चकित पारेको छ ।

    प्रहरीलाई दिएको बयानमा शर्माले घाँटी र खुट्टा थिचेर हत्या गरेको जनाएका छन् । मृतक युवतीका साथीको आधारमा ती युवतीले आफ्नो नाम रिया अधिकारी र घर चितवन भएको बताउँदै आएकी थिइन् । उनको सनाखत हुन सकेको छैन । गुमनाम युवतीको चैत अन्तिम साता हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ