• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार सुदुरपश्चिम

    अछामका ५ पालिकाका जनप्रतिनिधिले किन बुझाएनन् खर्चको विवरण?

    3.3K
    SHARES



    अछाम । निर्वाचन आयोगले गत ३० वैशाख सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण पेस नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको छ । निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्था नमानी निर्वाचनमा भएको खर्चको हिसाब किताब नबुझाउने उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

    स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिएका अछामका पाँच पालिकामा निर्वाचित प्रमुख, उपप्रमुखले स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण पेस गरेकोमा पाँच पालिकाका निर्वाचितले अहिलेसम्म पनि खर्चको विवरण पेस गरेका छैनन् ।

    खर्चको विवरण पेस गर्नेमा साँफेबगर नगरपालिकामा नगर प्रमुख राजेन्द्र कुँवर र नगर उपप्रमुख शिवबहादुर शिलोज, नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका पशुपति कुँवर छन् । मंगलसैन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहरा र नगर उपप्रमुख संगीताकुमारी रावल, कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख सारदा विष्टले तोकिएको समयमै खर्चको विवरण पेस गरेका छन् ।

    मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउद र उपाध्यक्ष नृपबहादुर खड्का र नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार भीमबहादुर खड्काले निर्वाचन खर्च बुझाएका छन् । तृर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर विसी र उपाध्यक्ष विमला शाहीले विलम्ब गरी खर्च विवरण बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    पञ्चदेवल नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने र उपप्रमुख हर्कबहादुर रावलले खर्चको विवरण बुझाएका छैनन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रामबहादुर विकले भने समयमा खर्चको विवरण बुझाएका छन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार नन्दसिंह कडायत र एकीकृत समाजवादीका योगेन्द्र विष्टले पनि खर्चको विवरण बुझाएका छैनन् । चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद, उपाध्यक्ष सरदेवी खड्काले निर्वाचनमा भएको खर्चको विवरण पेस गरेका छैनन् ।

    नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार रामबहादुर आउजी र एकीकृत समाजवादीबाट अध्यक्ष उम्मेदवार हर्क साउदले पनि खर्चको विवरण पेस गरेका छैनन्। बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउद र उपाध्यक्ष बिन्दु रावल, एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार लोकेन्द्र साउद, स्वतन्त्र उम्मेदवार डम्बर स्वाँर, ताराप्रसाद पाण्डेले पनि खर्चको विवरण पेस गरेका छैनन् ।

    रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद, उपाध्यक्ष सृजना बुढा, नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार चक्र रावल र अध्यक्षका उम्मेदवार पहल साउदले पनि हालसम्म खर्चको विवरण पेस नगरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउद, उपाध्यक्ष नेत्रकला शाही, र एकीकृत समाजवादी अध्यक्षका उम्मेदवार शेरबहादुर बुढाले अहिलेसम्म पनि खर्चको विवरण बुझाएका छैन । तर, एमालेबाट अध्यक्षका उम्मेदवार बनेको धर्म शाही र उपाध्यक्षका उम्मेदवार माया बुढाले खर्च विवरण बुझाएका छन् ।

    मंगलसैन नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार नमबहादुर शाही, कमलबजार नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका कटकबहादुर साउद, तुर्माखाँद गाउँपालिका कांग्रेसबाट उम्मेदवार बनेका कर्णबहादुर बुढा, समाजवादीका डवल चलाउने, माओवादी केन्द्रका मानबहादुर वयकले पनि अहिलेसम्म खर्च विवरण नबुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    पालिकाका प्रमुख, उपप्रमुख मात्रै हैन अधिकांश वडा अध्यक्ष र सदस्यले पनि खर्च विवरण बुझाएका छैनन् । निर्वाचन खर्चको विवरण पेस नगर्नेहरुलाई आयोगले स्पष्टीकरण एक साताभित्र सम्बन्धित् जिल्लाको निर्वाचन कार्यालयमा पेस गर्न आदेश दिएको छ ।

    तोकिएको जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ । तोकिएको समयभित्र त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले पटकै पिच्छे १५ हजार रुपैयाँ जरिवाना गर्नसक्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ