• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय रोचक-विचित्र

    ‘माया प्रमाणित गर्ने नाममा’ एक किशोरीले एचआईभी संक्रमित प्रेमीको रगत चढाइन्

    3.2K
    SHARES



    काठमाडौँ । माया अन्धो हुन्छ । यो कुरा हामीले थुप्रै पटक देखेका, सुनेका र भोगेका छौँ । तर यहाँ एउटी किशोरी मायामा यत्तिसम्म अन्धो भइन् कि उनले मायामा उमेर, वर्ण, जात, धन केहीलाई पनि वास्ता त गरिनन् नै रोगलाई समेत बेवास्ता गरिन् ।

    भारतकी १५ वर्षकी एक किशोरीले आफ्नो माया प्रमाणित गर्न निकै अचम्मको तरिका अपनाएकी छिन् । एचआइभीद्वारा संक्रमित प्रेमीको रगत आफूमा चढाएर उनले आफ्नो माया व्यक्त गर्न खोजेकी छिन् ।

    मायामा हामीले जे जति कुरा गछौँ त्यो कहिलेकाँही मुर्खतापूर्ण र जोखिमयुक्त हुन्छ । भारतको आसामकी यी किशोरीकै उदाहरण लिन सकिन्छ । स्नेहको यो असामान्य प्रदर्शनको खबरले १५ वर्षीया किशोरीको परिवारलाई मात्रै होइन, सुन्ने जति सबैलाई स्तब्ध पारेको छ ।

    नाम नखुलाइएकी किशोरी र उनका प्रेमी विगत तीन वर्षदेखि सम्बन्धमा थिए । यी दुईको भेट फेसबुकमार्फत् भएको थियो । एचआइभीद्वारा संक्रमित केटा भारतकै हाजो प्रान्तका हुन् । विगतमा यी दुईले दुईपटक भाग्ने कोसिससमेत गरेका थिए तर किशोरीका परिवारले उनीहरुको खोजी गरेर छोरी फिर्ता ल्याएका थिए ।

    तर यसपटक भने आफ्ना प्रेमीसँग भाग्नुको साटो, १५ वर्षीया किशोरीले उनका लागि आफ्नो प्रेम प्रमाणित गर्ने अझ चरम बाटो अपनाएकी छिन् । उनले सिरिन्ज लिइन् र एचआईभीद्वारा संक्रमित प्रेमीको रगत आफूलाई इन्जेक्ट गरिन् । आफूले के गरिरहेको छु भनेर उनलाई राम्रोसँग थाहा पनि थियो । ती केटालाई प्रेमिकाको यस्तो व्यवहार थाहा छ कि छैन भनेर स्पष्ट जानकारी छैन ।

    हाजोमा प्रहरीले युवतीका प्रेमीलाई यसअघि नै नियन्त्रणमा लिएको छ भने उनका अभिभावकले उनीविरुद्ध उजुरी दिएका छन् । किशोरी हाल डाक्टरको निगरानीमा छन् तर एचआइभी भाइरसले उनको प्रतिरक्षा प्रणालीलाई नष्ट गर्नबाट जोगाउनका लागि अब जीवनभरी औषधि लिनुपर्ने सम्भावना भने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ