• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    पाँच पटक नै जुम्ल्याहा जन्मिएपछि श्रीमतीसँग डिभोर्स

    2.6K
    SHARES

    काठमाडौं । चिकित्सा विज्ञानका अनुसार संसारमा हरेक १ हजार जन्ममा ४।५ वटा जुम्ल्याहा बच्चा जन्मिन्छन् । जब महिलाको शरीरमा एकै पटकमा दुईवटा डिम्ब परिपक्क हुन्छन् र दुबै डिम्बसँग शुक्रकिटको मिलन भएर भ्रूण बन्दछ तब जुम्ल्याहा बच्चा बन्दछन् । यो वास्तवमै प्राकृतिक कुरा हो ।

    यसमा महिलाको आफ्नो कुनै हात हुँदैन । तर मानिसलाई अज्ञानताको बादलले छोपेपछि के गर्नु ? लगालग जुम्ल्याहा जन्माएको भन्दै एक पुरुषले आफ्नी पत्नीसँग डिभोर्स गरेका छन् । ती महिलाले पाँचौँ पटकमा पनि जुम्ल्याहा बच्चा जन्माएपछि उनलाई असामान्य भएको आरोप लगाउँदै लोग्नेले छाडेका हुन् । ती महिलाका हाल १० जना सन्तान छन् र लोग्नेले छाडेपछि उनलाई लालनपालनमा समस्या भएको छ ।

    यो घटना अफ्रिकी देश युगान्डाको हो । त्यहाँकी नालोंगो ग्लोरिया नामकी महिलाले पाँच पटक नै जुम्ल्याहा जन्माएको भन्दै उनका पति सालोंगोले उनलाई छाडेका छन् । उनले हालैमात्र नयाँ जुम्ल्याहा जन्माएकी हुन् ।

    ग्लोरियाले स्थानीय टेलिभिजनसँगको कुराकानीमा भनेकी छिन्– जब मैले तेस्रो पटक जुम्ल्याहा बच्चा जन्माएकी थिएँ तब नै मेरो पतिले त्यो उसका लागि निकै धेरै भएको बताएका थिए । त्यसबेला नै उनले मलाई घर छाडेर जान भनेका थिए ।

    आफूलाई १० बच्चाको जन्म दिएकोमा कुनै दुखेसो नरहेको भन्दै उनले बाबुले नहेरे पनि आफुले बच्चालाई कहिल्यै छाड्न नसक्ने बताउँछिन् । आफ्ना जुम्ल्याहा बच्चाहरु भगवानको देन रहेको र सबै कुरा भगवानमाथि नै छाड्ने उनले बताइन् ।

    पछिल्लो समय आफू भाडामा बस्दै आएको घरका मालिकले समेत आफूलाई कोठा छाड्न भनेपछि उनी झनै समस्यामा परेको बताइएको छ । –एजेन्सी

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ