News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Highlights समाचार

‘पख तँलाई ठिक पार्छु’ भन्दै मुख्यमन्त्री शाहीका आफन्तले पत्रकार भण्डारीलाई दिए धम्की

20.7K
SHARES


काठमाडाैं ।समाचार लेखेको भन्दै पत्रकार नरेश भण्डारीलाई धम्की आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका आफन्त टेलिफोन गरी धम्की दिएको रारा न्युजका सञ्चालक समेत रहेका भण्डारीले संचारकेन्द्रलाई बताए ।

‘केहि दिन यता रारा न्युज डटकमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका समचारहरु प्रकाशन भएका छन । शनिबार टेलिफोनबाट लोकेन्द्र नाम गरेको एक ब्यतिले फाेन गरेर मुख्यमन्त्रीको समचार किन लेखेकाे तलाई पख म ठिक पार्छु भनेर थर्काउनुभयाे ।’ पत्रकार भण्डारीले संचारकेन्द्रसँग भने, – आज पनि मुख्यमन्त्रीकै आफन्त पर्नेले सामाजिक सञ्जाल फेसबुकमा तथानाम गालीगलौज गर्दै मेरो तस्वीरसहित स्टाटस राखेका रहेछन् ।’

सोमबार ठकुरी शाहि कालमाक्र्स नामको फेसबुक चलाउने ति ब्यतिले पत्रकार भण्डारीको मानहानी हुनेगरी स्टटस लेखेका छन । मुख्यमन्त्रीका आफन्त ति शाहीले पत्रकार भण्डारीलाई मानशिक रोगी भएकोले सरकारले छिटोभन्दा छिटो सुधार केन्द्रमा भर्ना गर्नुपर्ने भन्दै तथानाम लेखेका छन् ।

संचारकेन्द्रसँगको कुराकानीमा पत्रकार भण्डारीले भने धम्की दने र सामाजिक सञ्जालमा मानहानी गर्नेबिरुद्ध आफु कानुनी उपचार खोज्ने बताएका छन । ‘यस्ता स्टाटसले मेरो मानहानि भएको छ । अब म कानुनि उपचार नै खोज्नुपर्ने आबश्यकता महशुस भयो ।’ उनले भने- ‘ नेपालमा पछिल्लो समय साईबर क्राइमहरु निक्कै मौलाएको पनि छ । अब त्यसै छोड्ने कुरा हुदैन ।’

रारा न्युजमा प्रकाशित समचारहरुबारे कसैलाई चित्त नबुझे कानुनी बाटाहरु हुँदा हुँदै पनि समाजिक सञ्जाल फेसबुकमा आफ्नो बेइज्जत गर्ने नियतले नियोजितरुपमा यस्ता वाहियात कुराहरु पोस्ट गरिएको उनको भनाई छ । पत्रकार भण्डारीले  मंगलबार नेपाल पत्रकार महासंघमा समेत उजुरी गर्ने जानकारी बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया