• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    भरतपुरमा प्रचण्डपुत्री रेणु दाहालको यस्तो हदैसम्मको मनपरी, स्थानीय र व्यापारीहरु विप्लव गुहार्दै

    43.1K
    SHARES



    चितवन । रतपुर महानगरपालिकी मेयर बनेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालले मनपरी गरेको भन्दै स्थानीय, व्यबसायी र नगरपालिकाभित्रकै कर्मचारीहरुले बिरोध गरेका छन् । रेणुले नितान्त व्यक्तिगत स्वार्थ पूर्तिका लागि दुई हजार प्रतिशतसम्म कर बढाएपछि सर्वत्र विरोध भएको हो ।

    कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म बढाएको हो । उनकाे यस्तो निर्णयको नगरपालिकाभित्रबाटै पनि विराेध भएकाे छ तर रेणुले सुनेकाे नसुनेजस्तै गरिरहेकी छिन ।

    महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलाई ५०० बाट बढाएर १० हजार रुपैँया कर पुर्‍याएको छ । एक हजार वार्षिक तिर्दै आएका मैदा उद्योगलाई २० हजार रुपैँया कर तोकिएको छ भने एक हजार तिर्ने प्राविधिक तथा व्यावसायिक शिक्षालयलाई २० हजार रुपैँया पुर्‍याएको छ ।

    पेट्रोलपम्पले अब २५ हजार कर तिर्नुपर्ने भएको छ । यसअघि पेट्रोलपम्पले चार हजार कर तिर्दै आएको थियो । पोल्ट्रीको राजधानी मानिने चितवनमा रहेका ह्याचरी उद्योगले छ हजारबाट ३० हजार कर तिर्न बाध्य भएका छन् । पेन्टस् उद्योगले चार हजार ५०० बाट ५० हजार, सिनेमा हलले दुई हजारबाट २५ हजार, सिसा पसलले एक हजार ५०० बाट २० हजार कर तिर्नुपर्ने भएको छ ।

    यसैबीच प्रचण्डकी छोरीले मनपरी गरेको भन्दै त्यहाँका व्यापारी र स्थानीयहरुले भने नेकपा गुहार्ने बताएका छन् । जनताहरुको ढाड सक्नेगरी रेणुले कर बढाएपछि उनीहरुले नेपाल कम्युनिस्ट पार्टीलाई न्यायका लागि आग्रह गर्ने बताएका हुन् ।

    ‘उहाँ रेणुले यस्तो गर्नुहोला भन्ने लागेको थिएँन ।’ चितवनकै एक स्थानीय व्यापारीले संचारकेन्द्रसँग भने, -‘नेकपाको जनअदालत भन्ने छुट्टै सरकार छ रे भन्ने सुनेका छौं, अब उसैलाई गुहार्नु पर्ने देखियो । हाम्राे याे अावाज विप्लव जीसमक्ष पुर्याइदिनु पर्यो ।’ प्रचण्डकी छोरीले जनतामाथि अन्याय गर्न नपाइने ति ब्यापारीको माग छ ।

    उता उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधानले देशका चार महानगरपालिकामा सबैभन्दा बढी कर भरतपुर महानगरपालिकाले लगाएको बताए । उनका अनुसार, भरतपुरमा तय गरेको जति कर अन्य कुनै पनि महानगरपालिकामा छैन । प्रधानले भने “कर बढाउनुहोस्, तर अस्वाभाविक नबढाउनुहोस् भनेका छौँ । अन्य महानगरपालिकाको हाराहारीमा कर तिर्नु ठीकै हो तर सबैको भन्दा उत्पातै बढी भयो ।”

    भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले विगतका वर्षमा कर न्यून मात्रै रहेकाले अहिले धेरै बढेको जस्तो देखिए पनि स्वभाविक रहेको दाबी गरे । महानगरपालिकाका पदाधिकारीले यो महानगरपालिका विशिष्ट महानगरपालिका भएकाले केही कर बढी हुने भन्दै आफ्नो अडान कायमै राख्दै आएका छन् ।

    यसरी छोरीको चौतर्फी बिरोध भएपछि यता प्रचण्ड भने तनावमा परेका छन् । बल्लतल्ल जालझेल गरेरै भएपनि मेयर बनाएकी छोरीको नगरपालिभित्रै र बाहिरी जनस्तरबाट बिरोध सुरु भएपछि अब के गर्ने भन्ने बारेमा प्रचण्ड अन्यौलमा परेको माओवादी उच्च स्रोतले बतायो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ