• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रचण्डविरुद्ध जनयुद्धको बेला भन्दा पनि ठूलो ‘घेराबन्दी’ ! वर्षमान पुनले गरे यस्तो खुलासा

    13K
    SHARES



    काठमाडौं, १० चैत ।

    उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध जनयुद्धमा भन्दा ठूलो ‘घेराबन्दी’ हुन थालेको खुलासा गरेका छन् ।

    रोल्पा–काठमाण्डु सम्पर्क मञ्चले शनिबार राजधानी आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले घेराबन्दी भए विगतमा जस्तै रोल्पाले प्रचण्डलाई निशर्त काँधमा हाल्ने बताए ।

    ‘पार्टी नेतृत्वविरुद्ध जनयुद्धमा भन्दा ठूलो घेराबन्दी र षड्यन्त्र हुन सक्छ, पार्टी भित्र वा बाहिरबाट, देशभित्र वा बाहिरबाट देशी तथा विदेशी शक्तिहरु पार्टी अध्यक्षविरुद्ध लाग्न सक्छन् तर फेरि पनि रोल्पाले नेतृत्वको संरक्षणका लागि निशर्तः काँध थाप्छ’, उनले भने ।

    पुनले विगतमा जस्तै रोल्पा नयाँ क्रान्तिका लागि बलिदान गर्न तयार रहेको बताए । उनले एमाले अध्यक्ष ओली र प्रचण्डले गरेको एकता प्रयासलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    यसैबीच माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताको मितिबारे प्रस्ताब गरेका छन् । शनिबार बसेको माओवादी हेडक्वार्टर बैठकमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगाडि पार्टी एकता गरिसक्ने प्रस्ताव गरेका हुन् ।

    माओवादी नेताका अनुसार प्रचण्डको प्रस्तावलाई सचिवालयले पारित गर्दै थप तयारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय नभए पनि चैत्र अन्तिम साता हुन सक्ने बताइएको छ । बैठकमा प्रचण्डले ओलीजीको भारत भ्रमण अगाडि नै पार्टी एकता गरौं भन्ने हाम्रो सल्लाह भएको बताए ।

    एकताबारे थप तयारी गर्न माओवादीले १५ गतेलाई सचिवालयय बैठक बोलाएको छ । पार्टीको संगठन तथा अन्य प्राविधिक विषयमा निर्णय लिने गरी १५ गतेको सचिवालय बैठकको तयारी गरिएको छ ।

    एकताका विषयमा बनाइएका कार्यादलले आफ्नो काम सकेकोले तीन दिन भित्र पार्टी एकता संयोजन समितिको बैठक बसेर त्यसलाई अनुमोदन गर्ने पनि दाहालले नेताहरुलाई ब्रिफिङ गरेका थिए ।

    शनिबारको माओवादी हेडक्वार्टर वैठकले प्रदेश इञ्चार्जमा हेरफेर गरेको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वार्टर बैठकले पाँचवटा प्रदेशका इञ्चार्ज हेरफेर गरेको हो ।

    प्रदेश एकमा राम कार्की इञ्चार्ज तोकिएका छन् । यसअघिका इञ्चार्ज गोपाल किराँतीले पार्टी परित्याग गरेपछि उनको ठाउँमा कार्कीलाई ल्याइएको हो । यस्तै, प्रदेश दुईमा विश्वनाथ शाह इञ्चार्ज तोकिएका छन् । यसअघि प्रदेश दुइमा मातृका यादव संयोजक थिए । उनी उद्योगमन्त्री बनेपछि शाहलाइ इन्चार्ज तोकिएको हो ।

    त्यस्तै प्रदेश तीन इन्चार्जमा हितमान शाक्यलार्इ यथावत राखिएको छ । उनी काठमाण्डु १० बाट चुनामा पराजित भएका थिए । पाँच नम्बर प्रदेशमा वर्षमान पुनको ठाउँमा मणि थापा इञ्चार्ज तोकिएका छन्। पुन उर्जामन्त्री भइसकेका छन् ।

    प्रदेश ६ मा पनि इञ्चार्ज हेरफेर गरिएको छ । उक्त प्रदेशमा शक्ति बस्नेतका ठाउँमा जनार्दन शर्मालाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । बस्नेत वन तथा वातावरण मन्त्री भएका छन् । सात नम्बर प्रदेशमा लेखराज भट्टलाई नै निरन्तरता दिइएको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ