• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली प्रदेश राजनीति

    कालीकोटमा प्रकाण्डले आफ्नी बुहारीसहित क-कसलाई पठाए चुनाव लड्न ?

    15K
    SHARES

    काठमाडौँ । संसदीय व्यवस्था नमान्ने र यो व्यवस्थाका कुनै पनि चुनावमा नजाने निति लिएर अघिल्ला चुनाव चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रबक्ता खडक बिक “प्रकाण्ड”ले कालीकोटका नौवटै पालिकामा आफ्ना नेता कार्यकर्तालाई चुनाव लड्न पठाएका छन् । उनले पार्टीका केन्द्रीय सदस्यदेखि पूर्व सभासदसमेतलाई स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न लगाएका हुन्।

    प्रकाण्ड आफै कालिकोट पुगेर जिल्लाको नरहरिनाथ गाउँपालिका अध्यक्षमा केन्द्रीय सदस्य एटम विसी र उपाध्यक्षमा आफ्नै भाई बुहारी कलशा विकलाई उम्मेदवारी दर्ता गर्न पठाएका छन् । यस्तै रास्कोट नगरपालिकामा केन्द्रीय सदस्य धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकको उम्मेदवारी दर्ता गराएका छन् । उपाध्याय २०६४ सालको संविधानसभाकी समानुपातिक सांसद समेत हुन् ।

    यस्तै प्रकाण्डले उता खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिका प्रमुखमा रमेश चदारा, उपप्रमुखमा धनराज शाहीको उम्मेदवारी दर्ता गराएका छन् । पचालझरना गाउँपालिका अध्यक्षमा प्रकाण्डकला खास पात्र मानिएका जिल्ला सचिव मनिलाल ऐडी र उपाध्यक्षमा विनीत सिंह तिरुवाले उम्मेदवारी दिएका छन् ।

    यस्तै पलाता गाउँपालिका अध्यक्षमा पदम विक, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमामा रुपसिंह बोहोरालाई प्रकाण्डले चुनाव लड्न पठाएका छन् । प्रकाण्ड प्रबक्ता रहेको नेकपाको हालै सम्पन्न १२औं कन्द्रीय समिती बैठकले संसदीय व्यवस्थाका कुनै पनि चुनावलाई उपयोग नगर्ने तर व्यक्तिगत रुपमा स्वतन्त्र उम्मेदवारी दिने राष्टप्रेमी, एमसीसी बिरोधी देशभक्तहरुलाई सहयोग गर्न सकिने निर्णय गरेको थियो ।

    पार्टी केन्द्रीय समितीमा प्रबक्ता प्रकाण्डकै जोडबलमा चुनाव उपयोग गर्न सकिने भनेर विप्लवले राखेको प्रस्तावलाई केन्द्रीय समिती बैठकले एकमतले परिमार्जन गर्दै चुनावमा नजाने निर्णय गरेको थियो । आफ्नो प्रस्ताव असफ्रल भएपछि असन्तुष्ट भएका प्रबक्ता प्रकाण्डले विप्लवलाई पेलेरै भएपछि आफ्ना केही मान्छेहरुलाई चुनावमा पठाउने योजना बनाएका थिए । सोही योजनाअनुसार उनि निर्वाचन आयोगसम्म पुगे र पार्टी वा मोर्चा दर्ता गरेरै निर्वाचनमा जाने इच्छा ब्यक्त गरेका थिए ।

    आयोग पुगेका बेला उनले हामी चुनावमा मोर्चा बनाएरै जान्छौ भनेर दिएको अभिव्यक्ति पार्टीको निर्णयका बिरुद्ध भएको भन्दै नेता कार्यकर्ताले ब्यापक बिरोध गर्न थालेपछि केही पछि हटेका प्रकाण्डले अन्तः आफु निकट केन्द्रीय सदस्य र केही जिल्ला नेताहरुलाई चुनाव लड्नका निम्ती उम्मेदवारी दिने सुरु गरेका थिए । सोही योजना अन्तरगत गृह जिल्ला कालिकोट पुगेर प्रकाण्डले आफ्नो पार्टीका तर्फबाट भन्दै केही नेताहरुलाई उम्मेदवार बनाएर चुनावी अभियान सुरु गरेका छन् ।

    यस्तै उता नेकपा गोरखा जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य कृष्ण वाग्ले ‘रुपेश’ले एक प्रेस बिज्ञप्ति जारी गर्दै जिल्लामा पार्टीले चुनावमा भाग नलीएको बताएका छन् । चुनावमा भाग नलिने र स्वतन्त्र उम्मेदवारी पनि नदिने पार्टीको १२ औं केन्द्रीय समिति बैठकको निर्णय अनुसार जिल्लामा स्वतन्त्र हिसाबले उम्मेदवारी दिने गैरराजनीतिक व्यक्तिलाई समर्थन गर्न सकिने तर पार्टीका नेता कार्यकर्ताले चुनावमा भाग नलिने नीति लिइरहेका बेला पार्टीकै केही व्यक्तिहरुले उम्मेदवारी दिएको भनेर सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको रुपेशले बताएका छन् ।

    उनले बिज्ञप्तिमा आफ्नो पार्टी पुनर्गठन यता असफल संसदीय व्यवस्था बिरुद्ध बैज्ञानिक समाजवादको निम्ति निरन्तर संघर्ष गर्दै आइरहेको सन्दर्भमा उही संसदीय व्यवस्थाको चुनावमा भाग लिने कुनै निर्णय नगरेको र जिल्ला पार्टीको बैठक समेत नबसेको अवस्थामा केही व्यक्तिहरुले पार्टीको नाम बेच्दै उम्मेदवारी दिएको भन्दै चेतावनी दिइएको छ।

    चुनावबारे पार्टी केन्द्रको मूल लाइन तोडमोड गर्दै पार्टी जिल्लाको बैठक समेत नबसेको, चुनावबारे कुनै निर्णय नभएको, स्वतन्त्र उम्मेदवार खडा गर्ने र सहयोग गर्ने निर्णय समेत नभएको अवस्थामा पार्टीका केही व्यक्तिहरुले सामान्य संगठनको पद्दति राजनीतिक मर्यादा एबम् संस्कारको समेत धज्जी उडाउदै पार्टीको नाम जोडेर स्वतन्त्र उम्मेदवार उठेको भनेर गरिएको प्रचारवाजीका पछि नलाग्न पार्टी पंक्ति र आम जनतालाई स्पष्ट पार्दै रुपेशले त्यस्तो भ्रम नछर्न सञ्चारमाध्यमलाई समेत आग्रह गरेका छन् ।

    यस्तै रुपेशले चुनावमा भाग नलिने पार्टीको निर्णयको दृढतापुर्वक कार्यन्वयन गर्दै असफल दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्न समेत आम पार्टी पंक्ति र नेता कार्यकर्तालाई आव्हान समेत गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया