• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रहरीलाई उत्तेजित पार्दै गृहमन्त्री बादलले पठाए ११ बुँदे सर्कुलर, विप्लवदेखि नेकपा समर्थक जनतासम्म टार्गेटमा

    15.7K
    SHARES



    काठमाडौँ, १२ चैत ।

    नेपाल कम्युनिस्ट पार्टीको पछिल्लो अवस्थाबारे गृहमन्त्रालयले जानकारी माग गरेको छ । केन्द्रदेखि स्थानीयस्तरसम्मको विवरण तीन दिनभित्र पठाउन प्रहरीलाई गृहले गोप्य सर्कुलर गरेको छ । शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न समेत नदिएको सरकारले नेकपाका उच्च तहका नेतादेखि स्थानीय कार्यकर्ता र समर्थकको संख्या समेत पठाउन सर्कुलरमा भनिएको छ ।

    संचार केन्द्रलाई प्राप्त गोप्य सर्कुलर ११ बुँदे छ, जसमा नेकपाको पछिल्लो अवस्थामा तीन दिनभित्र अनिवार्य रुपमा पठाउन भनिएको छ । सर्कुलरका ११ बुँदा कम्युनिस्ट त्यसमा पनि माओवादी पार्टीको सांगठानिक संरचनाबारे राम्रो जानकार भएको व्यक्तिले तयार गरेको देखिन्छ । केन्द्रीय नेता, जबस तथा मोर्चादेखि सैन्य संरचनादेखि जनअदालतबारे पनि विवरण पठाउन भनिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीले बनाएको सबै सांगठानिक संरचनाबारे जानकारी पठाउन भनिएको छ । जिल्ला जनपरिषद्, जनप्रतिनिधि सभा, जनअदालतको अवस्थाबारे पनि विवरण बुझाउन भनिएको छ ।

    प्रहरी सर्कुलरको चार नम्बर बुँदामा युवा संगठनबारे जानकारी मागिएको छ । त्यसैगरी पाँच नम्बरमा सैन्य संरचना र फर्मेशनको अवस्थाबारे जानकारी माग गरिएको छ । सात नम्बर बुँदमा सेल्टर र तालिमको लागि प्रयोग गरेका र प्रयोग गर्न सक्ने ठाउँहरुबारे पत्ता लगाउन भनिएको छ ।

    सर्कुलरको सुरुमा यस्तो भनिएको छ, ‘नेकपा (विप्लव) द्वारा गठित देहयका संगठन र मोर्चाको पछिल्लो अद्यावधिक विस्तृत विवरण तीनदिनभित्र अनिवार्य रुपमा पठाउन हुन अनुरोध छ’ भनिएको छ ।

    यस्तो ११ बुँदे सर्कुलरः

    नेकपा (विप्लव) द्वारा गठित देहयका संगठन र मोर्चा पछिल्लो अद्यावधिक विस्तृत विवरण ३ दिनभित्र अनिवार्य रुपमा पठाउन हुन अनुरोध छ ।

    १. जिल्ला संगठन समिति ।

    २. जिल्ला जनपरिषद्, जनप्रनिधि सभा, जनअदालत ।

    ३. ब्यूरो, कमाण्ड ।

    ४. तत्कालिन राष्ट्रिय युवा जनस्वंमसेवक हालको रेड युथ फोर्स ।

    ५. सैन्य संरचना, फर्मेशन ।

    ६. अन्य भातृ संगठन, पेशागत संगठन तथा मोर्चाहरु ।

    ७. सेल्टर र तालिमको लागि प्रयोग गरेका र प्रयोग गर्न सक्ने ठाउँहरु ।

    ८. बढी मात्रामा कार्यक्रम संचलान हुने र हर्कत गर्न सक्ने स्थलहरु ।

    ९. माथिल्ला तहका व्यक्तिहरु तथा जिल्लामा बढी क्रियाशिल कार्यकर्ताहरु ।

    १०. सांगठानिक संरचना, स्थानीय तह, वडासम्म के कस्ता विस्तार भएका छन् ।

    ११. जिल्लामा सक्रिय कार्यकर्ता र समर्थकहरुको संख्या ।

    उच्च स्रोतका अनुसार गृहमन्त्रालयको निर्देशनअनुसार प्रहरी हेडक्वाटरले सबै जिल्लालाई सर्कुलर पठाएको हो । गृहमन्त्रालयको सर्कुलर प्रहरीहरुलाई उत्तेजित बनाउने खालको छ । सैन्य संरचना, फर्मेशन र तालिम जस्ता शब्द प्रयोग गरेर प्रहरीलाई नेकपाप्रति आक्रमक हुन प्रेरित गर्न खोजेको देखिन्छ ।

    प्रहरी स्रोतका अनुसार माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भइसकेपछि दोस्रो पटक नेकपाको अवस्थाबारे माग गरिसकेका छन् । पहिलो चरणमा मागिएको विवरणमा फेरि थप गरेर पुनः ७७ जिल्ला प्रहरीलाई सर्कुलर गरेको हो ।

    अहिलेसम्म सरकारले नेकपाबारे औपचारिक धारणा बनाइ सकेको छैन । उसको देशभरको विवरणका आधारमा औपचारिक धारणा बनाउन पछिल्लो सर्कुलर गरिएको प्रहरी स्रोत बताउँछ । केपी शर्मा ओलीले प्रधानमन्त्री भएलगत्तै प्रहरीभित्रको जनयुद्धकालिन संरचनालाई ब्यूताएका थिए । त्यसैमार्फत नेकपाका गतिविधिको सूचना लिइरहेका थिए ।

    यसअघि नेकपाका महासचिव विप्लव र स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाको घरमा पक्राउ पुर्जी टाँसेको थियो ।

    विराटनगरमा युवा संगठनको राष्ट्रिय सम्मेलनमा हस्तक्षेप गरेर प्रहरीले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पोलिट्ब्यूरो सदस्य मदम राईसहित २ सय भन्दा बढी नेता–कार्यकर्तालाई गिरफ्तार गरेको थियो । अदलातको आदेशमा सबै नेताहरु छुटेका छन् ।

    केही दिनअघि मात्रै नुवाकोटको हिलेबाट आधा दर्जन भन्दा बढी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ