• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    तत्काल राजीनामा दिन मेयर रेणु दाहाललाई पत्र, अटेरी गरे जनकारबाही गर्ने चेतावनी

    156.9K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामा माग गरेको छ । राजीनामा नदिए कारबाही गर्ने नेकपाको चेतावनी छ । नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् ।

    राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने नेकपाको चेतावनी छ । जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेल आफैले पत्रमा हस्ताक्षर गरेर शुक्रबार मेयर दाहाललाई पठाएका हुन् । ‘सरकारले लोकतन्त्रको नाममा फाँसिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छली, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरूको तीव्रता बढीरहेकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न आग्रह छ’, पत्रमा भनिएको छ ।

    नेकपाले देशैभरिका जनप्रतिनिधिहरूलाई पत्र पठाएर राजीनामा माग गर्दै आएको छ । सोहि क्रममा भरतपुरकी मेयर दाहाललाई पनि राजीनामा दिन भनेको हो । उता नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिएको कालिकोटबाट जनप्रतिनिधिको राजनीमा सुरु भएको छ । गाउँपालिका अध्यक्षले मनपरी गरेको भन्दै कालिकोटमा दुई वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।

    जिल्लाको नरहरीनाथ गाउँपालिका ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् । उनीहरु दुवै २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका थिए । उनीहरुले गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले गाउँपालिकाका ब्रम्हलुट गरेकाले आफूहरुले पद छाडेको दाबी गरेका छन् ।

    यद्यपि उनीहरु नेत्रविक्रम चन्द विप्लव नेतृवको नेकपामा प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनायो । नेकपाको जनअदालतमा मुद्दा दर्ता गराएर ब्रम्हलुट मच्चाउने गाउँपालिका अध्यक्षलाई कारवाही गर्ने उनीहरुको तयारी छ । विष्टले भने वडाअध्यक्षद्वयको राजीनामा आफूले प्राप्त नगरेको टिप्पणी गरे । आफू गाउँमै रहेको तर, विकद्वयले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा राजीनामा छाडेको सुनेको उल्लेख गरे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ