• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली सौन्दर्य

    के तपाई धित मर्ने गरि रूनु भएकाे छ ? यस्ता छन् रूनुका फाइदाहरू

    9.8K
    SHARES

    एजेन्सी । हामी कुनै न कुनै समयमा राेइरहेका हुन्छाैं । कसैले चित्त दुखाउँदा वा कुनै काम बिग्रिएर समस्यामा पर्दा हामीले रूने गरेका छाैं । हामी रूनुकाे मूख्य कारण भनेकाे हाम्राे चित्त दुख्नु हाे । चित्त दुखेपछि हामी रूने गर्छाैं र आँखाबाट आँसु झर्ने गर्छ ।

    सुखका हाेस् वा दु:खका कुनै पनि कुरा गरिरहँदा पनि भावनामा डुबेर आँसु झारिहाल्छन् । महिला हाेस् वा पुरूष भावनामा डुबेपछि आँसु झर्नु स्वाभाविकै हाे । कतिपयले रूनु हुँदैन, रूँदा स्वास्थ्यमा समस्या पैदा हुन्छ भन्छन् तर रूनुका केही फाइदा पनि छन् ।

    जो व्यक्ति भावनात्मक कुरा गर्दा रुन्छन्, उनीहरु भावनात्मक रुपमा अरु व्यक्तिभन्दा राम्रा हुन्छन् । साथै यस्ता व्यक्तिको स्वभाव पनि धेरै राम्रो हुन्छ । यदि तपाईं पनि यस्ता व्यक्तिमा पर्नुहुन्छ भने यसमा शरम मान्नुको अर्थ छैन । यो तपाईंभित्र एक राम्रो गुण भएको संकेत हो ।

    जो व्यक्ति रुन्छन्, त्यस्तालाई कहिल्यै पनि कमजोर सोच्नुहुँदैन । यस्ता व्यक्ति यो सोच्दैनन् कि सबैको अगाडि रुँदा अरुले के सोच्लान ? न त उनीहरु आफूलाई कमजोर नै ठान्छन् । जो एक राम्रो बानी हो ।

    भनिन्छ कि रुनु तनाव भागउने सबैभन्दा उत्कृष्ट उपाय हो । यदि तपाई तनावमा हुनुहुन्छ र त्यसलाई दूर गर्न सकिरहनु भएको छैन भने तपाईको मनमा नकरात्मक कुराले बढी स्थान लिन्छ ।

    जसका कारण तपाईं विभिन्नखाले रोगको चपेटमा पनि आउन सक्नुहुन्छ । यसकारण तनावका बेला केही समय रुनुहोस्, जसले तपाईको मन हलुको हुनेछ ।

    तन र मन स्वस्थ राख्नका लागि पनि हामी कम्तिमा पनि सातामा एक पटक रूने गर्नु विज्ञानकाे दृष्टिले राम्राे मानिन्छ । तर अति गर्दा खति हुन्छ भने जस्तै रूँदा पनि ठिक्क मात्रामा रूनु पर्छ । अत्याधिक राेयाे भने मानसिक रूपमा हानि पुग्छ र झन् तनाव थपिने सम्भावना रहन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ