• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लवसहित सयौ नेता-कार्यकर्ताले विरजंगप्रति गरे अन्तीम श्रद्धान्जली व्यक्त

    3.4K
    SHARES

    कपिलवस्तु । नेकपाका केन्द्रीय सदस्य चन्द्रवहादुर चन्द ‘विरजंग’को आज कपिलवस्तु शिवगढीस्थित आफ्नै निवासमा अन्तीम श्रद्धान्जली गरिएको छ । उनको पार्थिव शरिरमा नेकपाका महासचिव तथा उनका भाई नेत्रविक्रमचन्द्र ‘विप्लव’ सहित उनका परिवार आफन्तजन, सयौ नेता-कार्यकर्ता, समर्थक शुभचिन्तकहरुले फुल र अबिर चढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका छन्।

    लामो समयदेखि मुटु रोगबाट बिरामी रहेका नेकपा नेता विरजंगको असोज २८ गते राती भारत नयाँ दिल्लीको म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
    उनको पार्थिव शरिरलाई आज मात्र गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पुर्याइएको थियो । नेता विरजंगको पार्थिव शरिरलाई आजै अन्तीम दाहासंस्कार सहित विदाई गरिएको छ ।

    अन्तिम बिदाइमा सहभागी नेता कार्यकर्ताहरुले बिरजंगको अभावले सिंगो पार्टीमा अपूरर्णीय क्षेति पुगेको बताएका छन् । उनले पंचायतकाल, जनयुद्ध र नेकपा गठपछि एकीकृत जनक्रान्तिमा ठुलो योग्दान पुर्याउनुका साथै एकीकृत जनक्रान्तिको वेला करिव २ वर्ष जेल जिवन समेत विताएका थिए ।

    क्रान्तिकारी विचारमा निडर, इमान्दार र कर्मठ योद्धाको स्थापित कम्युनिष्ट नेता बिरजंगको असमायिक दुखद निधनले सिंगो राष्ट्रलाई नै क्षति पुगेको भन्दै नेकपाका प्रबक्ता प्रकाण्डले हिजै एक शोक बक्तब्य मार्फत श्रद्धान्जली ब्यक्त गरेका थिए ।

    प्रकाण्डको बक्तव्यमा विद्यार्थीकालमा पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलन हुँदै आफ्नो सिङ्गो जिवन क्रान्तिकारी राजनैतिक आन्दोलनमा बिताएका विरजंगको निधनले अपूरणीय क्षति भएको बताउँदै पार्टी जिवन र क्रान्तिकारी आन्दोलनमा विरजंगको अभाव सदैव खड्किरहने उल्लेख गरिएको थियो ।

    नेकपा प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी र नेपाली क्रान्तिमा उनले गरेको योगदान, त्याग, तपस्या र बलीदानीको पुर्ण रूपमा रक्षा गर्दै जनक्रान्तिलाई विजयमा पुर्याईछाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए। विरजंगको निधनमा असोज ३१ गतेसम्म तीन दिन देशभरका पार्टी कार्यालयहरूमा पार्टीको झण्डालाई आधा झुकाउने कार्यक्रम राखिएको जनाइएको थियो।

    जनयुद्धका बेला रोल्पा रुकुमलगायत आधार क्षेत्रमा नेतृत्व सम्हालेका नेता वीरजङ्गले माओवादी शान्तिप्रक्रियामा आएपछि लुम्बिनी क्षेत्रको रुपन्देही, कपिलबस्तुलगायतका जिल्लाहरुको नेतृत्व लिएका थिए ।

    पहिलो संबिधानसभा बिघठनपछि २०६९ सालमा माओवादी विभाजन भएर बैद्य नेतृत्वको ड्यास माओवादी बन्दा लुम्बिनी ब्युरोको जिम्मेवारी सम्हालेका नेता वीरजङ्गले २०७१ मा विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएपछि मध्यपश्चिम कमाण्ड इन्चार्जको जिम्मेवारीमा हुँदा दाङबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

    प्रहरीले गिराफ्तारगरेपछि अदालतले छोड्ने र प्रहरीले पुनः गिरफ्तार गर्ने क्रम चलिरहदा उनलाई कोरोना संक्रमण भएको थियो । त्यसबेला राज्य र प्रहरीले उनलाई उपचार समेत गर्न नदिएका कारण उनको स्वास्थ्य अबस्था झन् जटिल बन्दै गएको थियो ।

    त्यसबेला नेपालका राजनीतिककर्मी, मानव अधिकारवादी, पत्रकार र बुद्धिजिबीहरुले राज्यको रबैयाप्रति गम्भीर चासो राखेर बिरोध समेत जनाएका थिए । तर केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै वास्ता गरेको थिएन । धरौटीमा रिहा हुँदा बिरामी अबस्थामै रहेका वीरजङ्गलाई रिहा लगत्तै उपचारका लागि भारत लगिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ