• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    आफ्ना नेताको निधनमा कार्यकर्ताको मार्मिक स्टाटस, अलबिदा प्रिय कमरेड बिरजङ्ग !

    6.3K
    SHARES

    क्रान्ति र परिवर्तनको प्रक्रिया समुद्रको छालझैँ कहिल्यै पनि रोकिँदैन, निरन्तर रूपले अगाडि बढिरहन्छ । महान जनयुद्ध कुनै केटाकेटीको खेल थिएन । संभव भएसम्म आफू बँच्दै जनताको बिचमा चेतना छर्दै सामन्ती राज्यसत्ता ढलाउनका लागि लड्दै जाने र संभव नभएमा आफूलाई बलिदान गरेर भएपनि पार्टी र क्रान्तिलाई जोगाएका महान योद्धाहरुको रगत, पसिना र आँशुले लेखिएको वीरताको इतिहास थियो । महान जनयुद्धको हरेक दिन एउटा युद्धपर्व थियो ।

    आम जनताको अधिकार स्थापनाको लागि विभिन्न काल खण्डमा भएका जनआन्दोलन, विद्रोह, संघर्ष, जनयुद्धमा बिना स्वार्थ आफूलाई देशको लागि बलिदान दिने अमर व्यक्तित्वहरू जस्तै आदरणीय प्रिय कमरेड चन्द्र बहादुर चन्द (वीरजङ्ग) युद्धको भिषण मोर्चामा हामी युवा संगै अर्घाखाँची, रोल्पा, रुकुम, रुपन्देहीमा यहाँले नेतृत्व गर्दै कुसल कमान्डर र नेपालको कम्युनिस्ट आन्दोलनमा सरल क्रान्तिकारी, अत्यन्त इमानदार, छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । कमरेड वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् ।

    वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् । चन्द्रबहादुर चन्द ‘वीरजङ्ग जस्ता ठाँउ-ठाँउमा लडेकाहरु हजारौ घाईते अपाङग जेल-नेल छन्, कतिले उपचार पाईरहेका छैनन्, कति गोलीको छर्रा शरीरमा बोकेर बसिरहेका छन् तर कति जीवन यापन गर्न कठिन अवस्थाबाट गुज्रिरहेका छन् ।

    जीवनको महत्वपूर्ण समय र उर्जा क्रान्ति र युद्धमा खर्चिएका हजारौ नेतृत्वले न त जनवाद र समाजवादको लक्ष्य भेटे, न त सहज जीवन जिउने आधार यहाँ लगायत अग्रज कमरेडको नेतृत्वमा नेपालमा जनयुद्धको जगमा सञ्चालन भएको जनआन्दोलनले राजनीतिक परिवर्तन ल्यायो । तानाशाही राजतन्त्रको अन्त्य भयो । लोकतन्त्र/गणतन्त्र स्थापनाको लागि निःस्वार्थ बलिदान अतुलनीय छ ।

    जनताको सेवक जनमुक्ति सेना हाम्रा साझा सम्पति हुन्, जसले समाजवाद तथा साम्यवादको बाटोतिर हिँड्नको निम्ति सबै क्रान्तिकारी तथा परिवर्तनकामी शक्तिहरुलाई प्रेरणा प्रदान गर्दछन् । त्यसैले सबैले महान नेतृत्वको संरक्षण, रक्षा, संस्मरण तथा सम्मान गर्नु सबै वामपन्थी तथा क्रान्तिकारीहरुको दायित्व हो ।

    पछिल्लो चरणमा भएको मधेस आन्दोलन, थारू आन्दोलन, जनजाति आन्दोलन पनि जनयुद्धले सल्काएको सामाजिक डढेलोकै विकसित रूप मान्नुपर्ने हुन्छ । ०४७ सालमा बनेको राजतन्त्रात्मक, एकात्मक, धर्मसापेक्ष संविधानको छत्रछायामा रमाइरहेका कांग्रेस र एमालेसमेत अन्ततः संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा सामेल हुनु जनयुद्धकै परिणाम हो । त्यसैले नेपालको राजनीतिक, सामाजिक रूपान्तरणमा जनयुद्धको भूमिका ऐतिहासिक रहेको तथ्यलाई सबैले स्विकार्नैपर्छ ।

    बड़ा दसैँको दिन बिहानै यस्तो अपत्यारिलो दुःखित खबर, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का दाई तथा नेकपाका पूर्वपोलिटब्युरो र वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा बड़ा दसैँको दिन बिहानै यस्तो अपत्यारिलो दुःखद् निधन भएको छ ।

    भारतको रास्ट्रीय राजधानी दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको अस्पतालमै निधन भएको हो । कमरेड वीरजङ्ग हजुरको देहावसान भएको खबरले माओवादी आन्दोलनमा सहभागी सम्पूर्ण कमरेडहरुलाई पक्कै पनि दुःखीत् तुल्याएको छ, हजुर प्रतिको हाम्रो उच्च सम्मान सदैव उच्च रहने छ भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै सम्पूर्ण परिवारजनमा गहिरो समवेदना ! आरबी खड्का भारत

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ