• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    नेपालका ८० प्रतिशत नेता जेल जाने, भण्डारीले गरे यस्ताे सनसनीपूर्ण खुलासा

    25.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानो एउटा काम गरे ८० प्रतिशत नेताहरु जेल जाने ठोकुवा गरेका छन् । नेताहरु गैरजिम्मेवार र भ्रष्ट भएको भन्दै राज्यका संयन्त्रहरुले राम्रोसँग काम गरेको खण्डमा ८० प्रतिशत नेता जेलमा हुने उनको भनाई छ र

    ‘यहाँ सँस्कृतिको ह त्यामा लाग्नेहरु नेता भएका छन्, धर्म बेच्नेहरु पूज्य भएका छन् । भण्डारीले पछिल्लो ३० वर्षमा सिमित मान्छेमात्रै धनी भएको उल्लेख गर्दै भने, ‘यदि साँच्चै २०४६ सालदेखि अहिलेसम्मका नेताहरुको सम्पत्ति छानबिन गर्ने हो भने ८० प्रतिशत नेता जेल जाने अवस्था छ ।’

    राजनीतिमा नैतिकता रित्तिएकोप्रति चिन्तित भण्डारीले उन्नत लोकतान्त्रिक मुलुकमा भ्रष्टाचारको आरोप लागेपछि पद छाड्ने तर हाम्रोमा भने भ्रष्टहरुलाई खोजेर नेतृत्वमा पुर्याउने उल्टो चलन हाबी हुँदै गएको बताएका छन् ।

    ‘यहाँ सँस्कृतिको हत्यामा लाग्नेहरु नेता भएका छन्,धर्म बेच्नेहरु पूज्य भएका छन् । यसको अन्त्य नगरी देशले विकासको पाइला चाल्न सक्दैन,’भण्डारीको निश्कर्ष हो यो ।

    आठ दशक पाका नेताहरुले पुनः नेतृत्वमा दाबी गरेपछि नेपाली काँग्रेसको युवा पंक्ति आसन्न १४औँ महाधिवेशनमा तिनै बूढा नेतालाई मार्गप्रशस्त गरिदिने मुडमा पुगेका छन् ।

    काँग्रेसमा वैचारिक नेताको छवि बनाएका युवानेता चन्द्र भण्डारीले ‘१४ औँ महाधिवेशन संयुक्त, १५औँ महाधिवेशनमा नेतृत्व’ भन्ने नारासहित आफू अघि बढेको बताए ।

    नेकपा एमालेमा दोस्रो तहका नेताहरुले नेतृत्वसँग प्रतिस्पर्धा गर्दा हार व्यहोर्नु परेको भन्दै उनले काँग्रेसमा पनि अहिले त्यस्तै अवस्था रहेको उल्लेख गरेका छन ।

    नेकपा एमालेमा दोस्रो तहका नेताहरुले नेतृत्वसँग प्रतिस्पर्धा गर्दा हार व्यहोर्नु परेको भन्दै उनले काँग्रेसमा पनि अहिले त्यस्तै अवस्था रहेको उल्लेख गरेका छन् । त्यहि कारण यसपटक नेतृत्वको दौडबाट युवा पुस्ता पछि हड्न बाध्य भएको भण्डारीको भनाइ छ ।

    पछिल्लो समय राजनीतिमा नीति,सिद्धान्त र विचार पातलिँदै गएकाले आसन्न महाधिवेशनपछि देशव्यापी वैचारिक अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको उनले बताए ।

    जबसम्म देश बनाउने आमदृष्टिकोण बन्दैन,तबसम्म परिवर्तन जनताको तहमा पुग्न नसक्ने नेता भण्डारीको निश्कर्ष छ । त्यसका लागि वैचारिक रुपले प्रतिबद्ध युवा पार्टी नेतृत्वमा पुग्नै पर्ने उनको निचोड छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ