• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    यी महिलाले अर्डर गरिन् चिकेन बर्गर, पहिलो गाँसमै भेटियाे औंला, त्यसपछि……

    8.1K
    SHARES

    काठमाडाैं । एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर गरिन् । महिलाले बर्गरको पहिलो गाँसमै जे भेटिन्, त्यो देखेपछि उनको हालत खराब भयो ।

    न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार बोलिभियामा बस्ने इस्टेफनी बेनिटेज एक फास्ट फूड रेष्टुरेन्टमा बर्गर खान गएकी थिइन् । पहिलो बाइट लिँदा उनले केही कडा चिज महसुस गरिन् । जब बेनिटेजले के रहेछ भनेर हेरिन् तब उनको होस उड्यो किनभने चिकेन बर्गरभित्र मानिसको औंला भेटिएको थियो ।

    यो घटनाबारे इस्टेफनी बेनिटेजले फेसबुकमा जानकारी दिएकी छिन् । उनले घटना गत आइतबार भएको उल्लेख गरेकी छिन् । उनले उक्त बर्गर, भेटिएको मान्छेको औंला र यसबारे रेष्टुरेन्टको प्रतिक्रियालाई सोसल मिडियामा पोस्ट गरेकी छिन् ।

    उनले यसबारे रेष्टुरेन्टका कर्मचारीलाई जानकारी दिँदा बर्गर पहिले नै तयार भएर स्टोरमा पुग्ने र यसअघि यस्तो कहिल्यै नभएको बताइन् । साथै रेष्टुरेन्टको तर्फबाट बर्गरको पूरा पैसा फिर्ता दिइने पनि बताइयो ।

    सोसल भिडियामा महिलाको पोस्ट व्यापक रुपमा सेयर गरिएपछि बर्गर कम्पनीका प्रवक्ता दाहमेर–एस्क्वेले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ बताउँदै मासु काट्ने बेला उनका एक कर्मचारीको चोरी औंला काटिएको जानकारी दिइन् । उनको सो कुरा स्थानीय प्रहरीले पनि पुष्टि गरेको छ ।

    यसैबीच स्थानीय प्रशासनले रेष्टुरेन्टको यो ब्रान्चलाई अस्थायी रुपमा बन्द गर्ने र कम्पनीमाथि जरिवाना लगाउने निर्णय गरेको छ । उता अन्य कुरामा उत्कृष्ट तर बाहिरी आवरणमा ‘कुरूप’ श्रीमानमार्फत् जन्मिने सन्तान भयानक हुने डरले घानाकी एक महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् ।

    अफ्रिकी सोसल मिडियामा सार्वजनिक भएका खबर अनुसार घानाकी एक महिलाले हेर्दा खासै राम्रो नभएपनि निकै सफल, मिहिनती र माया गर्ने व्यक्तिसँग विवाह गरेकी थिइन् । सुन्दरताका लागि निर्धारण गरेको उनको मापदण्डमा खरो उत्रन नसकेका उनका श्रीमानको स्वरूपले खासै समस्या निम्त्याएको थिएन तर जब उनीहरूले सन्तानको योजना बनाए तब ती महिलालाई आफ्ना सन्तान श्रीमान् गोता जाने हो कि भन्ने पिरले गाँज्यो ।

    उनलाई आफ्नो श्रीमानको सबै कुरा मन पर्दथ्यो तर सन्तान ‘कुरूप’ जन्मने हुन् कि भन्दै उनले जोखिम मोल्न नचाहेको बताइन् । त्यसैले उनले श्रीमानसँग सहवास गरेपछि गर्भनिरोधक औषधी नबिर्सी सेवन गर्थिन् । लामो समयसम्म पनि गर्भ नबसेपछि उनका श्रीमानले उनलाई लिएर अस्पताल गए । परीक्षण गर्दा दुवै स्वस्थ थिए, कसैमा पनि केही समस्या थिएन ।

    सो कुरा महिलालाई पहिल्यै थाहा थियो । त्यसैले आफ्ना श्रीमानलाई थप शङ्का गर्ने बाटो नदिन उनले एउटा योजना बनाइन् । ती महिलाले यी सबै कुराको जानकारी दिँदै रेडियो स्टेसन हिट्स एफएमलाई पत्र लेखिन् जहाँ उनले उचित सल्लाहको समेत माग गरेकी छिन् ।

    उक्त पत्रमा उनले लेखे अनुसार राम्रा सन्तान जन्माउन र श्रीमानलाई पनि खुसी राख्न उनले आफ्ना निकै सुन्दर पूर्व प्रेमीलाई सम्पर्क गर्ने योजना बनाइन् । उनका पूर्व प्रेमी पनि विवाहित हुन् तर उनी अलि ‘छाडा’ प्रवृत्तिको भएकोले महिलालाई उनीसँग विवाहेत्तर सम्बन्ध स्थापित गर्नका लागि गाह्रो भएन ।

    अनावश्यक झन्झट नहोस् भन्नका लागि उनले आफ्ना प्रेमीलाई आफूले गर्भनिरोधक औषधी सेवन गरेको बताउने गर्थिन् । त्यसपछि उनी आफ्ना श्रीमानसँग पनि सहवास गर्थिन् । यसो गरेर नै आफ्ना सुन्दर सन्तानका पिता को हुन् भनेर उनलाई मात्रै थाहा थियो ।

    ती महिलाको योजनाले निकै राम्रोसँग काम गरिरहेको थियो । उनले तीन राम्रा सन्तान जन्माइसकेकी छिन् । हाल उनी चौथोपटक गर्भवती भएकी छिन् । तर हालै उनका श्रीमानले अमेरिकाको भिसा प्राप्त गरेपछि भने स्थिति थोरै असहज भएको छ । कुनै समयपछि आवेदनकर्ताको परिवारको डीएनए पनि परीक्षण गर्नुपर्ने उनले दाबी गर्दै यसमार्फत् यो घटनाको पर्दाफास हुने कुरामा उनी अत्यन्त चिन्तित भएको पत्रमा लेखेकी छिन् ।

    ती महिलाले रेडियो शोकी प्रस्तोतालाई यस्तो स्थितिलाई कसरी राम्रोसँग सम्हाल्न सकिन्छ भनेर सल्लाह मागेकी छिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ