• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली टिप्स

    गलत तरिकाले नगर्नुहोस् उपचार, घाउमा थुक र पोलेको ठाउँमा बरफ लगाउदा हुन्छ यस्तो खतरा

    6K
    SHARES



    साना-साना चोटपटक र स्वास्थ्यमा आउने समस्याको उपचारका लागि घरमा नै ‘फस्र्ट एड बक्स’ राखिएको छ । यसमा डेटोल, कटन, कैंची, पट्टी, ब्यान्डेज, एन्टिसेप्टिक क्रिम र अन्य सामान्य औषधिहरु राखिएको हुन्छ । प्राथमिक उपचारबारे सचेतना फैलाउन हरेक वर्षको सेप्टेम्बर १४ का दिनलाई पहिलो ‘फस्र्ट एड डे’को रुपमा मनाउने गरिन्छ ।

    प्राथमिक उपचारका लागि सामान मात्रै भएर हुँदैन यसका लागि सामान्य जानकारी पनि हुन आवश्यक छ । सामान्य चोटपटक र स्वास्थ्य समस्यामा घरमा नै गरिने उपचारका क्रममा विभिन्न प्रकारका गल्तीहरु गर्ने गरिन्छ । जुन स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ ।

    नाकबाट रगत बग्दा
    प्राय शरीरमा धेरै गर्मी भएमा वा एलर्जीका कारण नाकबाट रगत आउँछ । यस्तो अवस्थामा टाउकोलाई सीधा पारेर सुत्न सल्लाह दिइन्छ । तर यस्तो गर्नु घातक सावित हुनसक्छ । यसो गर्दा नाकबाट रगत बग्न रोकिँदैन । रगत घाँटीमा जान्छ । रगत निल्दा बान्ता हुनसक्छ । यस्तो अवस्थामा थोरै अगाडि झुक्ने र नाकको माथिल्लो भागमा दुईवटा औंलाले च्याप्ने गर्दा करिब १० मिनेटपछि आफै रगत बग्न बन्द हुन्छ ।

    पोलेको घाउमा बरफ
    आगो वा तातो बस्तुले पोलेको ठाउँमा बरफले रगड्ने सल्लाह दिने गरिन्छ । यो विलकुल गलत हो । यसले छालालाई मार्न सक्छ । साथै, पोलेको ठाउँमा मख्खन वा टुथपेस्ट पनि लगाउन हुँदैन । पोलेको ठाउँमा थोरै चिसो पानी हाल्न सकिन्छ । र, सफा कपडाले सफा गर्नुपर्छ ।

    घाइतेलाई हिँडाउनु
    सडक दुर्घटना वा अन्य दुर्घटनामा परी घाइते भएका व्यक्तिहरुलाई हिँडन दिनुहुँदैन । यसले स्पाइनल कर्ड इन्जरी गराउन सक्छ ।

    मर्किँदा वा भाचिँदा सेक्नु
    कहिले काँही हात वा गोडा मर्किँदा, भाचिँदा वा सड्किने समस्या आइपर्छ । यस्तो अवस्थामा तातो कपडाले सेक्ने गरिन्छ । यस्तो गर्नु गलत हो । यसले सुन्निने वा दुख्ने समस्या झन् बढ्छ । यसको सट्टामा २० मिनेटजति आइस प्याकले सेकाउने गर्नुपर्छ ।

    घाउमा थुक लगाउनु
    थुकमा किटाणु मार्ने गुण हुन्छ भन्ने भनाई गलत हो । तर, मान्छेको थुकमा झन् धेरै ब्याक्टेरिया हुन्छ जसले घाउलाई झन् गम्भीर बनाइदिन्छ । यसका लागि औषधि नै गर्नुपर्ने हुन्छ ।

    घाउमा ब्यान्डेज लगाएर छोड्नु
    चोट लागेको ठाउँमा औषधि लगाएपछि पनि ब्यान्डेज लगाएर छोडनु गलत हो । यसले घाउ निको हुन लामो समय लाग्छ । आवश्यकता नभएमा घाउमा ब्यान्डेज लगाउन हुँदैन । औषधि लगाएर घाउ खुल्ला ताजा हावामा छोड्दा छिटो निको हुन्छ ।

    आँखा माड्नु
    आँखामा फोहोर परेपछि आँखालाई माडेर फोहोर निकाल्न खोज्नु मुर्खता हो । यसले सधैका लागि अन्धो बनाउन सक्छ । त्यसैले आँखामा फोहोर परेमा सफा पानीले धोएर फोहोर निकाल्न सकिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ