• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    दुई स्त्रीसँगको प्रेम सम्बन्ध श्राप कि वरदान ? हालैको यो घटना हेरौं र बुझौं !

    6.3K
    SHARES

    एक जनासँगको प्रेम सम्बन्ध सँधै वरदान सावित हुन्छ। तर यदी दुई जनासँग एकैपटक प्रेम सम्बन्धमा हुनुहुन्छ भने त्यो श्राप सावित हुनसक्छ।दक्षिणी अमेरिकी राष्ट्र कोलम्बियामा एक पुरुष दुई युवतीसँग एकैपटक प्रेम सम्बन्धमा हुन्छन्। यसबीचमा हालै जे भयो उनलाई दुवै प्रेमिकाले छाडिदिए।

    द सनका अनुसार एक पुरुष अर्कै प्रेमिकासँग घरमा रमाइलो गरिरहेका बेला अर्की प्रेमिका उनलाई भेट्न त्यहाँ पुगेपछि त्यसले यस्तो अप्ठेरो अवस्था उत्पन्न हुन्छ। पुरुष दोस्रो प्रेमिकालाई घरमाथिको बरन्डाबाट तल झार्न बाध्य हुन्छन्।

    अध्ययन भन्छ– ठूलो खुट्टा हुने पुरुष परस्त्रीसँग सल्किन्छन्

    तपाइँले लगाउने जुत्ताको आकार र तपाइँको यौन तथा प्रेम व्यवहारबीच कुनै सम्बन्ध होला ? झ्वाट्ट हेर्दा भएजस्तो लाग्दैन । तर एक अध्ययनले भने मानिसको प्रेम र यौन आचरण उसको खुट्टाको आकारसँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । बेलायतमा भएको एक सर्भेक्षण अनुसार ठूलो खुट्टा हुने अर्थात् ठूलो आकारको जुत्ता लगाउने पुरुषहरु बढि धोकेबाज हुने गरेका छन्।

    बेलायतको सबैभन्दा ठूलो डेटिङ साइट इलिसिट इन्काउन्टरले गरेको अध्ययनले पुरुषको खुट्टा अर्थात् पाइतालाको आकार जति ठूलो भयो उसले धेरै महिलासँग सम्बन्ध कायम गर्ने सम्भावना उत्ति नै धेरै हुन्छ ।

    ७ देखि ९ नम्बरको जुत्ता ठिक्क हुने पुरुषहरु आफ्नो जिवनसाथी वा महिला मित्र प्रति सबैभन्दा बढि इमान्दार हुने र १० नम्बर वा त्यस भन्दा ठूलो आकारको जुत्ता लाग्ने पुरुषको वेश्या आचरण हुने अध्ययनको निष्कर्ष छ ।

    आफ्नो साइटमा आउने ग्राहकहरुको अध्ययन गरी यस्तो निष्कर्ष निकालिएको उक्त डेटिङ साइटकी माइक टेलर बताउँछिन् । विश्वका केही चर्चित व्यक्तिहरु ज्ाो परस्त्रीसँगको सम्बन्धका कारण चर्चित रहे उनीहरुको जुत्ताको आकारले पनि यो अध्ययनको निष्कर्षलाइ बल पूराउँछ।

    मोनिका लेवेन्स्कीसँगको सम्बन्धका कारण कुख्यात बनेका अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टको जुत्ताको आकार १२ छ । चर्चित गल्फ खेलाडि टाइगर उड्सको जुत्ताको साइज १० छ भने बेलायती चर्चित अभिनेता हग ग्रान्टले ११ नम्बरको जुत्ता लगाउँछन् ।

    कतै आफैँले आफूलाई प्रेम गर्न बिर्सनुभयाे कि ?

    आफैँलाई माया गर्नु चुनौती हुन सक्छ । आफैँलाई माया गर्नु जीवनका लागि सञ्जीवनी हो । खासमा हामीले आफुलाई आफैँले प्रेम गर्नुपर्छ । जब हामी आफैँलाई प्रेम गर्न थाल्छौं, जीवनले सही र सन्तुलित बाटो समात्छ । हामीमा उत्साह जाग्छ, उमंग जाग्छ, खुसी जाग्छ । हामी आफैँलाई ख्याल गर्न थाल्छौं । आफ्नो खुसी आफैँभित्र खोज्न थाल्छौं । त्यसपछि मात्र हामी अरुलाई खुलेर माया गर्न सक्छौँ । धेरै व्यक्तिको लागि यो स्वार्थी र अत्यधिक संवेदनशील हुने आफ्नो उपस्थितिप्रति संवेदनशील हुनु हो । यदि हामीसँग यथार्थताको तस्विर छ भने अबदेखि हामी यसलाई बिदा लिन पर्छ । खासमा हामीले आफूलाई आफैँले प्रेम गर्नुपर्छ । जब हामी आफैँलाई प्रेम गर्न थाल्छौं, जीवनले सही र सन्तुलित बाटो समात्छ ।

    आफैँसँग बस्नुहोस् र तपाईंको हृदयबाट प्रतिक्रियाहरू लेख्ने प्रयास गर्नुहोस् । विश्वासका साथ काम गर्दै, तब जे मनमा आउँछ पहिले लेख्नुहोस्, पहिले संघहरू, छविहरू, भावनाहरू, सबै कुरा । जब तपाईं आफैँसँग खुशी हुनुहुन्छ र आफैँलाई माया गर्नुहुन्छ तपाईंले आफूलाई अरुसँग तुलना गर्न छाड्नुहुन्छ र आत्मविश्वास बढाउन सक्नुहुन्छ । याद गर्नुहोस्, आफैँसँग तपाईंको सम्बन्ध तपाईंसँग भएको सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा लामो सम्बन्ध हो । त्यसोभए आफैँलाई प्रेम गर्न सिक्नुहोस् ।

    अनेक कुरा सोचेर अधिकांश समय आफ्नै आलोचना गर्दै वा आफैँलाई कम महत्व दिँदैै बस्नाले यो पुष्टि गर्छ कि तपाईं स्वयंलाई माया गर्नुहुन्न । यस्तो कुरा गरेर तपाईं स्वयं आफ्नो कमजोरी मात्रै उजागर गरिरहनुभएको छैन, अपितु आफ्नो मनोबल कमजोर गरिरहनुभएको छ र आफ्नो सोच र विचारमा नकारात्मकतालाई बढावा दिइरहनुभएको छ । तपाईंले पुराना कुराहरूलाई बिर्सन सक्नुहुन्छ । गल्तीका बाबजुद पनि आफैँलाई माया गरेमा तपाईंले आत्मसम्मान महसुस गर्न सक्नुहुन्छ ।

    जब तपाईं आफू खुसी हुनुहुन्छ, तपाईं हरेक सम्बन्धमा खुसीको रंग देख्न सुरु गर्नुहुन्छ । जब तपाईं हरेक सम्बन्धमा रंग देख्न थाल्नुहुन्छ, त्यसपछि तपाईंलाई आफैँ खुसी मिल्छ । यदि तपाईंले आफैँलाई चुनौती दिनुभयो भने तपाईंले आफूलाई चिन्न सक्नुहुन्छ । यसबाट तपाईं के कुरामा राम्रो हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ ।

    आफैँलाई प्रेम गर्ने एक तरिका तपाईं आफैंले विश्वास गर्ने हो । तपाईं आफ्ना मान्यताहरूमा दृढ हुनुपर्छ । तपाईंले आफूलाई के राम्रो हुन्छजस्तो लाग्छ, त्यो काम गर्नुपर्छ । यो सामान्य कुराजस्तो लाग्छ तर आफ्नो ख्याल गर्नाले तपाईंले आफूलाई प्रेम गर्न सिक्नुहुन्छ । यदि तपाईंले आफ्नो ख्याल गर्नुभयो भने तपाईं आफैँमा पनि धेरै राम्रो बन्न सक्नुहुन्छ ।

    आफैँलाई माया गर्नु भनेको अरुलाई माया गर्न सक्ने सामथ्र्य जुटाउनु हो । त्यो स्वयं तपाईं नै हो, जसले तपाईंको जीवनको दिशा तय गर्न सक्छ ।’ भन्नुको अर्थ त्यो हामी नै हौँ, जसले आफूलाई जीवनमा के गर्न, के बन्न मन छ भनेर निर्धारण गर्छ । आफ्नो भावना, सम्बन्ध र बाँकी व्यावहारिक जीवनका लागि अरुमा निर्भर हुनु भनेको आफैँलाई कमजोर बनाउनु हो ।

    यो कमजोरी पनि बिस्तारै बढ्दै जान्छ र बिस्तारै आफैसँग हीनताबोध हुन थाल्छ । कम से कम आफ्नैँ जीवनको लगाम आफ्नो हातमा भएको कुराले तपाईंको अनुहारमा गर्व देखिनेछ । यो आत्मविश्वासले तपाईंलाई हरेक दिन भ्यालेन्टाइन डे भएको महसुस गराउनेछ । र, हरेक दिन तपाईंको आत्मविश्वास बढ्दै जानेछ ।

    विचित्रकी महिला, जो हरेक शुक्रबार बेहुली बन्छिन्

    यो संसार विविधता र विचित्रताको पर्याय नै हो । यहाँ मान्छेका इच्छा र चाहना पनि अनेक खालका हुन्छन् । पाकिस्तानमा एकजना यस्ती महिला छिन् जसलाई हरेक हप्ताको एक दिन बेहुली बन्ने शौख छ ।

    ती महिला हरेक हप्ताको शुक्रबार बेहुली जस्तै पहिरनमा सजिन्छिन्, सिंगारपटार गर्छिन् । त्यस्तो अनौठो शौखका कारण उनी पाकिस्तानमा अहिले चर्चाको विषय बनेकी छिन् ।

    उनको नाम हिरा जिशान हो र उमेर ४२ वर्षको भयो । उनी लाहोरकी बासिन्दा हुन् । हिराले पछिल्लो १६ वर्षदेखि हरेक शुक्रबार आफूलाई बेहुलीको रुपमा सजाउँदै आएकी छिन् । आखिर हिराले किन त्यसो गर्दै आएकी छिन् त ? यसको निकै भावुक कारण रहेछ ।

    १६ वर्षअघि हिराकी आमा निकै बिरामी परिन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । आमाले आफ्नो अन्तिम अवस्थामा छोरी हिराको बिहे देखेर मर्न चाहेको बताएपछि अस्पतालमै एकजना रक्तदाता युवकसँग उनको बिहे तय गरियो र बिहे पनि सम्पन्न भयो । बिहेको केही दिनपछि हिराकी आमाको मृत्यु भयो । आमाको मृत्युले हिरा निकै मर्माहत भइन् ।

    बिहेपछि उनका ६ बच्चा जन्मिए, त्यसमध्ये २ बच्चाको मृत्यु भयो । आफ्ना सन्तानको मृत्युले पनि उनलाई ठूलो पीडा भयो । त्यहीँ तनाव र डिप्रेसनको अवस्थाबाट मुक्ति पाउनका लागि उनले १६ वर्षदेखि हरेक शुक्रबार बेहुली पहिरन गरेर सोह्र श्रृंगार गर्दै आएकी छिन् ।

    हिराका पति लण्डनमा बस्दै आएका छन् भने हिरा बच्चासँग पाकिस्तानमै बस्छिन् । आफूलाई बेहुली बनेर सजिँदा निकै खुसी मिल्ने उनी बताउँछिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ