• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    आफ्नै प्रेमिकाको अश्लिल भिडियो फेसबुकमा भाइरल भएपछि…

    21.4K
    SHARES

    काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लील फोटो, भिडियो पोष्ट गरी चरित्र ह’त्या गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका–८ ठेगाना भएका काठमाडौं टोखा धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परेपश्चात मोबाइल समेत खोसी उक्त अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र ह’त्या गरेका जिरेल काभ्रे पाँचखालमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी पाँचखालबाट पक्राउ गरेको हो।

    उनलाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

    विचित्रकी महिला, जो हरेक शुक्रबार बेहुली बन्छिन्

    यो संसार विविधता र विचित्रताको पर्याय नै हो । यहाँ मान्छेका इच्छा र चाहना पनि अनेक खालका हुन्छन् । पाकिस्तानमा एकजना यस्ती महिला छिन् जसलाई हरेक हप्ताको एक दिन बेहुली बन्ने शौख छ ।

    ती महिला हरेक हप्ताको शुक्रबार बेहुली जस्तै पहिरनमा सजिन्छिन्, सिंगारपटार गर्छिन् । त्यस्तो अनौठो शौखका कारण उनी पाकिस्तानमा अहिले चर्चाको विषय बनेकी छिन् ।

    उनको नाम हिरा जिशान हो र उमेर ४२ वर्षको भयो । उनी लाहोरकी बासिन्दा हुन् । हिराले पछिल्लो १६ वर्षदेखि हरेक शुक्रबार आफूलाई बेहुलीको रुपमा सजाउँदै आएकी छिन् । आखिर हिराले किन त्यसो गर्दै आएकी छिन् त ? यसको निकै भावुक कारण रहेछ ।

    १६ वर्षअघि हिराकी आमा निकै बिरामी परिन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । आमाले आफ्नो अन्तिम अवस्थामा छोरी हिराको बिहे देखेर मर्न चाहेको बताएपछि अस्पतालमै एकजना रक्तदाता युवकसँग उनको बिहे तय गरियो र बिहे पनि सम्पन्न भयो । बिहेको केही दिनपछि हिराकी आमाको मृत्यु भयो । आमाको मृत्युले हिरा निकै मर्माहत भइन् ।

    बिहेपछि उनका ६ बच्चा जन्मिए, त्यसमध्ये २ बच्चाको मृत्यु भयो । आफ्ना सन्तानको मृत्युले पनि उनलाई ठूलो पीडा भयो । त्यहीँ तनाव र डिप्रेसनको अवस्थाबाट मुक्ति पाउनका लागि उनले १६ वर्षदेखि हरेक शुक्रबार बेहुली पहिरन गरेर सोह्र श्रृंगार गर्दै आएकी छिन् ।

    हिराका पति लण्डनमा बस्दै आएका छन् भने हिरा बच्चासँग पाकिस्तानमै बस्छिन् । आफूलाई बेहुली बनेर सजिँदा निकै खुसी मिल्ने उनी बताउँछिन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ