• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    छिमेकीले आफ्नो श्रीमानलाई उत्तेजित पार्न भित्री वस्त्र सुकाएको भन्दै प्रहरीमा उजुरी

    7.3K
    SHARES

    मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् ।

    ४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन् । उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् ।

    उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भित्री वस्त्र) धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु । मैले उनलाई मेरा श्रीमान्लाई उत्तेजित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’

    युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्राउ गर्न आग्रह गरेकी छिन् । तर प्रहरीले ती २३ वर्षीया महिलाले कानुन विपरीत केही पनि नगरेको भन्दै सम्झाए । प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवादबाट टाढै बस्न सल्लाह दिएको छ ।

    त्यस्तै सिकागोका एक नवविवाहित जोडी सोसल मिडियामा एकाएक चर्चामा आएका छन् । उनीहरु चर्चामा आउनुको कारण भने निकै रोचक छ । यी जोडीले आफ्नो विवाहमा सरिक नभएका आमन्त्रितलाई खानाको बिल पठाएका छन् । खानाको बिलको फोटो उनीहरुले सोसल मिडियामा पोस्ट गरेका थिए ।

    ४४ वर्षका डो सिमोन्स, ४३ वर्षकी डेड्रा म्याकगीले जमाइकाको रोयल्टन नेग्रिल रिसोर्ट र स्पामा आयोजित भव्य विवाह पार्टीका लागि १०९ जना पाहुनालाई आमन्त्रण गरेका थिए । कतिले विवाहमा कुनै पनि हालतमा सरिक हुने पक्कापक्की गरेका थिए तर विवाहका दिन भने सरिक भएनन् । नवविवाहित जोडीलाई यो कुराले निकै रुष्ट बनायो तसर्थ अनुपस्थितहरुको खानाको बिल बनाउने निधो गरे ।

    फेसबुकमा पोस्ट गरिएको एक बिलको नमूना अनुसार विवाहमा सरिक नभएका एकजना आमन्त्रितले १२० डलर तिर्नुपर्ने र दुईजना भएको खण्डमा २४० डलर तिर्नुपर्ने छ ।

    ‘यहाँ तोकिएको रकम तपाईंहरुको व्यक्तिगत सीटका लागि हो । किनभने तपाईंहरुले आफ्नो अनुपस्थितिका लागि न त फोन गर्नुभयो न उचित सूचना प्रदान गर्नुभयो । यो रकम हामीले तपाईंको सीटका लागि गरेको अग्रिम भुक्तानी हो । तपाईंहरुले हामीलाई जेले र पेपालमार्फत् भुक्तानी गर्न सक्नुहुन्छ । तपाईंहरुलाई के सहज हुन्छ, त्यसका लागि हामीलाई सम्पर्क गर्नुहोला । धन्यवाद,’ उक्त बिलमा भनिएको छ ।

    यो बिल फेसबुकमा पोस्ट गर्दै डो साइमन्सले लेखे, ‘तपाईंले यस्तो बिल पाउनु भयो भने अपमानित महसुस नगर्नुहोस् । मैले यो बिल इमेलमार्फत् पठाउनेछु । ’

    अडिटीसेन्ट्रल अनुुसार सानो व्यवसायका सञ्चालक साइमन्सले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भने, ‘हामीले चारपटक सम्म पनि सोध्यौं, ‘तपाईंहरु आउनुहुन्छ नि, आउन सक्नुहुन्छ नि ?’ उहाँहरुले आउँछौं भनिरहनु भयो । हामीले जमाइकाका लागि अग्रिम भुक्तानी गर्नुपर्यो । यो एक डेस्टिनेसन वेडिङ थियो । ’

    ‘कसैले पनि ‘हेर हामी त आउन सक्दैनौं’ भनेर केही भनेनन्, न एउटा मेसेज नै छोडे । हामीले त्यति मात्रै चाहेका थियौं । केही नभन्ने अनि विवाहमा पनि नआउँदा, हामीले उनीहरु र उनीहरुको पार्टनरका लागि पनि भुक्तानी गर्नुपर्यो । चारजना आठजना हुन्छन् । मैले यसलाई नीजि रुपमा लिएँ ।’

    यो रोचक बिलले सोसल मिडियामा मानिसलाई दुई समूह बाँड्यो । कतिले उनीहरुको तारिफ गरेका छन् भने कतिले उनीहरुको आलोचना पनि गरेका छन् । साइमन्सले पछि आफ्नो फेसबुकमा यस्तै समस्यासँग जुध्ने धेरैले आफूलाई समर्थन गरेको र आफ्नो भयानक अनुभव साझा गरेको पनि जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ