• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    बाबु नभएको छोरा जन्माएकी कांग्रेस सांसदको नयाँ निर्णयले सबै हैरान

    5.6K
    SHARES

    काठमाडौं । बाबु नभएको छोरा जन्माएकी चर्चित अभिनेत्री तथा तृणमूल कांग्रेसकी सांसद नुसरत जहानले लिएको नयाँ निर्णयले सबै हैरान भएका छन् । उनले आफ्नो छोराको नाम ईशान राखेकी छिन् । नुसरतले बिहीबार पार्क स्ट्रीटको एक निजी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । अस्पताल स्रोतहरुबाट प्राप्त जानकारी अनुसार नुसरत जहाँ आज अस्पतालबाट डिस्चार्ज हुन सक्छिन् ।

    बलिउडकी चर्चित अभिनेत्री तथा तृणमूल कांग्रेसकी सांसद नुसरत जहानले आफ्नो बच्चालाई बुबाको नाम नदिने निर्णय गरेकी हुन् । उनी ‘एकल आमा’ बन्न चाहन्छिन् ।नुसरतको उक्त निर्णयलाई कोलकतामा रहेका धेरै एकल आमाहरुले स्वागत गरेका छन् । यसैबीच, बच्चाको जन्मपछि, उनको बुबाको नामको बारेमा लगातार प्रश्न उठाइएको छ । नुसरत यस बारेमा लगातार सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् ।

    नुसरत पूर्वपति निखिल जैनसंगको विवाह र सम्बन्ध विच्छेदका कारण चर्चामा आएकी थिइन् । उनले आफूहरुको विवाह कानूनी नभएको तर्क गरेका थिए । लामो समयदेखि उनी लिभ-इन–रिलेशनशिपमा बस्दै आएकी थिइन् । निखिल जैनले हालै आफु नुसरतले जन्माएको बच्चाको पिता नभएको बताएका थिए । बच्चाको जन्मपछि सामाजिक सञ्जालमा ईशानका बुबाको नामको बारेमा लगातार प्रश्नहरु उठ्न थालेका छन् ।

    नुसरत यस बारेमा लगातार सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् । नुसरतले आफ्नो बच्चाको नाम ‘ईशान’ राखीन्, जसको अंग्रेजी हिज्जे आईबाट शुरू हुन्छ । यो नाम फिल्म अभिनेता यश दासगुप्ताको नामसंग मेल खान्छ । प्रश्न उठिरहेको छ कि अभिनेता यश दासगुप्ता यो बच्चाको पिता हुन् ? यश दासगुप्ता गर्भावस्थाको समयमा नुसरतसंग सधैं देखिएका थिए ।

    उनले सामाजिक सञ्जालमा गरेका पोस्टहरुबाट यसबारे धेरै संकेतहरु प्राप्त भएका छन् । नुसरत र यश केहि दिन पहिले संगै देखिएका थिए । उनीहरु पार्क स्ट्रीटमा एक प्रसिद्ध बेकरीमा गएको बेला मानिसहरुले उनीहरुलाई एकसाथ देखेका हुन् । यश दासगुप्ता डेलिभरीको समयमा नुसरतको साथमा अस्पतालमा थिए ।

    नुसरत यश दासगुप्तासंग अस्पताल गएको बताइन्छ । बच्चाको जन्मपछि, यश दासगुप्ताले पहिलो पटक प्रतिकृया जनाउदै नुसरत र नवजात शिशु ठीक भएको जानकारी दिएका थिए । यो खबर भारतीय मिडियाहरुले प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ