• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    नेकपा नेता आदर्शले लगाएका आरोपबारे डिएसपी भाटको खण्डन, पत्रसहित

    5.2K
    SHARES

    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली ‘आदर्श’ले तत्कालिन बाजुरा जिल्लाका डिएसपी उद्दबसिंह भाटले आफुहरुलाई गिरफ्तार गर्दा महिला बन्दिहरुमाथि अमर्यादित र अनैतिक हिसाबले समात्ने, यातना दिने र लछारपछार गर्ने लगायतका कार्य गरेको भन्दै गम्भीर आरोप लगाएका थिए ।

    उनले लगाएका आरोपहरुबारे सञ्चारकेन्द्र डटकमले समाचार सामाग्री प्रकाशन गरेको थियो । सोही समाचारमा आफुमाथि आदर्शले लगाएका आरोपहरुको भाटेले खण्डन गरेका हुन । नेकपा नेता आदर्शले एउटा अनलाइन यूयुब च्यानललाई अन्तर्वार्ता दिदै लगाएका आरोपहरुको खण्डन गर्दै डिएसपी भाटले सञ्चारकेन्द्र डटकममा खण्डनपत्र पठाएका छन् ।

    भाटले सञ्चारकेन्द्रलाई इमेल मार्फत पठाएको खण्डन पत्रमा नेकपा नेता कार्यकर्ताहरु आफुहरुले पक्राउ गरेको सत्य भएको तर यातना दिएको र अनैतिक हर्कत गरेको भन्ने कुरा झुटो आरोप मात्र भएको बताएका छन् ।

    व्यक्तिगतरुपमा पूर्वाग्रह राख्ने हिसाबले मात्र आफूमाथि आरोप प्रत्यारोप लगाइएको भन्दै उनले आपत्ति जनाए । साथै बिना कुनै तथ्य यस्तो अनावश्यक आरोपप्रत्यारोप सह्य नहुने र त्यसका लागि आफू कानुनी उपचार खोज्ने उनको भनाइ छ । नेकपामाथि प्रतिबन्ध लागेका बेला भाट बाजुराको डिएसपी थिए । सोही बेला नेकपा नेता आदर्शसहित १६ जना नेता कार्यकर्ता गिरफ्तार परेका थिए

    हेर्नुहोस् डिएसपी भाटको खण्डन जस्ताको त्यस्तै 

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ