• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खानपिन जीवनशैली

    हड्डीको समस्या आउनबाट बच्न के खाने ?

    6.2K
    SHARES

    शरीरलाई तन्दुरुस्त राख्नका लागि विभिन्न प्रकारका भिटामिनहरुको फरक-फरक भूमिका हुन्छ । जसमध्ये भिटामिन डीले शरीरका हड्डीहरुलाई मजबुत बनाउने काम गर्छ । भिटामिन डीको कमिले हाडजोर्नी दुख्ने, मांशपेशीहरु दुख्ने जस्ता समस्याहरु पैदा हुन्छ भने केही गम्भीर रोगहरु अर्थराइटिस, रिकेट्स र अस्टियोपोरोसिस आदि लाग्ने सम्भावना पनि हुन्छ ।

    व्यस्त जीवनशैलीका कारण मानिसहरु शारीरिक रुपमा सक्रिय रहँदा भिटामिन डीको कमि हुन जान्छ । भिडामिन डीको प्रमुख स्रोत सूर्यको किरण हो । तर, यसको कमि हुन नदिन विभिन्न प्रकारका खानेकुराको सेवन गर्न सकिन्छ ।

    द नर्थ अमेरिकी मेनोपज सोसाइटीको जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार भिटामिन डीयुक्त खानेकुराले मधुमेहको खतराबाट बचाउँछ । एक अध्ययनका अनुसार भिटामिन डीले फोक्सोमा पाइने ट्युबरक्लोसिस ब्याक्टेरियासँग पनि लड्न मद्दत गर्छ ।

    अण्डा
    अण्डा पोषक तत्वले भरपुर हुन्छ । यसमा प्रोटिन, भिटामिन डी, क्याल्शियम र अन्य थुप्रै प्रकारका मिनरल्सले भरिपूर्ण हुन्छ । यसलाई बिहानको नास्तामा खाने गर्नुपर्छ ।

    दही
    दहीमा ८१ प्रतिशत पानी हुन्छ । यसलाई पचाउन निकै सहज हुन्छ । यो भिटामिन डीको राम्रो स्रोत हो ।

    दूध
    दूध पिउने गर्नुपर्छ । दूधमा क्याल्शियम र भिटामिन डी भरपूर मात्रामा पाइन्छ ।

    च्याउ
    च्याउ भिटामिन डीको सबैभन्दा राम्रो स्रोत हो । यो शरीरका अन्य अंगहरुका लागि पनि निकै फाइदाजनक हुन्छ ।

    पालक
    पालकमा प्रोटिन, भिटामिन डी जस्ता तत्वहरु पाइन्छ । यसको सेवनले शरीरमा भिटामिन डीको कमि पूरा हुन्छ ।

    पनिर
    पनिर पनि भिटामिन डी र क्याल्शियमको प्रमुख स्रोत हो । यसको सेवनले हड्डी र मांसपेशीहरु मजबुत गर्छ ।

    सोयाबीन
    सोयाबीनमा प्रोटिन, क्याल्शियम, भिटामिन डी, ओमेगा–३ फ्याटी एसिड, आइरन, भिटामिन बी, जिंक, फोलेट, सेलेनियम आदि पदार्थहरु पाइन्छ । यसले हड्डीहरु मजबुत बनाउँछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ