• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    बन्द सफल भएपछि नेकपा महासचिव विप्लवले निकाले यस्तो वक्तव्य, जनतालाई धन्यवाद, ओलीलाई चेतावनी

    20.1K
    SHARES



    काठमाडौं, ८ फागुन ।

    बन्द सफल भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    मंगलबार साँझ एक वक्तव्य जारी गर्दै महासचिव विप्लवले राज्य आतंक र ओली सरकारको दमन विरुद्ध आयोजित नेपाल बन्द  शानदार ढंगले सफल भएको समेत बताएका छन् ।

    ‘राज्य आतंक र ओली सरकारको दमन विरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मीत्र राजनैतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियतामा शानदार ढंगले सफल भएको छ । बन्दलाई सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौं ।’ महासचिव विप्लवद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ ।

    उनले बन्द सघर्षमा सहभागीहरू सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार भएको भन्दै आपत्ति समेत जनाएका छन्  । शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य सुदर्शन, पीबीएम पदम राई लगायत बन्दका क्रममा गिरफ्तार परेका सम्पूर्ण नेता कार्यकर्ताहरूलार्इ यथाशिघ्र मुक्त गर्न महासचिव विप्लवले केपी ओली सरकारलाई चेतावनी दिएका छन् ।

    महासचिव विप्लवले भनेका छन् ,- ‘बन्द सघर्षमा सहभागि सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशिघ्र मुक्त गरियोस्, अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने छ ।’

    अन्यथा संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनु पर्ने उनको चेतावनी छ। त्यस्तै महासचिव विप्लवले वक्तव्यमार्फत नै आगामी संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् । जसअन्तर्गत फागुन ९ गते भोली कोण सभा,  १० गते पर्सि अन्तरक्रिया
    ११ गते केपी ओलीको पुत्ला जलाउने, १२ गते प्रदर्शन तथा १३ गते देश व्यापी ठूलो कार्यक्रम गरिने भएको छ ।

    राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि विराटनगर पुगेका नेकपा स्थायी समितिका सदस्य सुदर्शन, पीबीएम  पदम राई लयागतका २ सय बढी नेताह कार्यकर्तारुमाथि दमन, धरपकड र गिरफ्ता परेपछि त्यसको विरोधमा नेकपाले आज मगलबार नेपाल बन्दकाे अायाेजना गरेकाे थियाे ।

    नेता सुदर्शन र राईसहित दर्जनौं नेताकार्यकर्तालाई ओली सरकारले धरपकड गरेर हिरासतमा राखेको छ ।

    नेकपा महासचिव विप्लवको धन्यवाद वक्तव्य

    धन्यवाद वक्तव्य
    राज्य आतंक र ओली सरकारको दमन विरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मीत्र राजनैतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियतामा शानदार ढंगले सफल भएको छ । बन्दलाई सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौं । बन्द सघर्षमा सहभागि सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशिघ्र मुक्त गरियोस्, अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने छ । संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनु पर्ने छ ।
    संघर्षका कार्यक्रमहरु
    २०७४ साल फागुन ९ गते कोण सभा
    २०७४ साल फागुन १० अन्तरक्रिया
    २०७४ साल फागुन ११ गते केपी ओलीको पुत्ला जलाउने
    २०७४ साल फागुन १२ गते प्रदर्शन
    २०७४ साल फागुन १३ गते देश व्यापी ठूलो कार्यक्रम
    विप्लव
    महासचिव
    २०७४ साल फागुन ८ गते

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ