• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    पहिलो पटक मेकअप बिनाकी श्रीमती देखेपछि विवाह गरेको दुई दिनमै श्रीमानले दिए ‘डिभोर्स’

    5K
    SHARES



    संयुक्त अरब इमिरेट्सका एक व्यक्तिले विवाह गरेको दुई दिनमा नै श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । पहिलो पटक श्रीमतीलाई मेकअप बिना देखेपछि उनले श्रीमतीसँग छुट्टिएर बस्ने निर्णय गरेका हुन् ।

    यो अचम्मको घटना मनोचिकित्सक डा. अब्दुल अजिज असफले बताएका हुन् । उनको दाबी अनुसार २८ वषीया एक महिलाले आफ्नो अप्रत्याशित सम्बन्धविच्छेद पछि मनोवैज्ञानिक दुःख भुल्नका लागि उनको क्लिनिकमा सम्पर्क गरेकी थिइन् । असाफले ती महिलाको नाम सार्र्वजनिक गरेका भने छैनन् तर ती महिला विवाह गर्नुपूर्व ६ महिनादेखि ती ३४ वर्षीयसँगको सम्बन्धमा रहेको भने जानकारी दिए ।

    सम्बन्धमा रहँदा उनका श्रीमानले उनलाई कहिले पनि बिना मेकअप नदेखेको र पहिलो पटक उनको वास्तविक अनुहार देख्दा उनले चिन्न नसकेको असफले बताए । उनका श्रीमानले उनलाई कस्मेटिकको अत्यधिक प्रयोग गरी आफूलाई झुक्याएको, नक्कली परेला हालेको र विवाह गर्नुभन्दा पहिलेजस्तै राम्री नभएको आ रोप लगाउँदै उनीसँग सम्बन्धविच्छेद गरेको असफले बताए ।

    गल्फ न्यूजका अनुसार ती बेहुलाले आफ्नी दुलहीको मेकअप बिनाको अनुहार विवाहको दोस्रो दिन अल माम्जार नामक समुन्द्री तटमा स्विमिङ गर्न जाँदा देखेको बतायो । पानीले उनको सबै मेकअप पखालेको र उनका श्रीमान त्यसभित्रको अनुहार देखेर छक्क परेको स्रोतले दाबी गरेको छ । ‘यस घटना पछि ती बेहुलाले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको र उनीसँग कहिले पनि पुर्नमिलन नगर्ने घोषणा गरेका छन्,’ डा. असाफले भने ।

    इतिहासको अनौठो युद्ध- एक बाल्टिनका लागि दुई देशबीच घमासान लडाइँ

    विश्वको इतिहासमा विभिन्न खतरनाक युद्धहरु हुँदै आएका छन् जसमा ठूलो धनजनको क्षति पनि हुने गरेको छ । प्राचीन इतिहासमा राज्य विस्तार तथा सत्ता कब्जालगायतका मनसायबाट विभिन्न राज्यहरुबीच युद्ध हुने गरेको इतिहास छ । तर आजभन्दा ७०० वर्ष अगाडि एउटा यस्तो युद्ध भयो जसको कारण केवल एउटा बाल्टिन मात्र थियो ।

    उक्त घटना सन् १३२५ को हो । त्यस समय इटालीमा धार्मिक तनाव निकै बढेको थियो । त्यहाँका दुई राज्यहरु बोलोग्ना र मोडेनाबीच प्रायः युद्ध तथा तनाव भैरहन्थ्यो । बोलोग्नालाई इसाइ धर्मगुरु पोपको समर्थन मिलेको थियो भने मोडेनालाई रोमन सम्राटको समर्थन थियो । बोलोग्नाका मानिसहरु पोप नै इसाइ धर्मका सच्चा गुरु भएको मान्थे भने मोडेनाका जनताहरु रोमन सम्राटलाई असली धर्मगुरु ठान्दथे ।

    बोलोग्ना र मोडेनाबीच त्यसअघि सन् १२९६ मा पनि युद्ध भएको थियो । उक्त युद्धपश्चात् दुई राज्यबीच तनाव जारी थियो । इतिहासकारहरुका अनुसार रिनाल्डो बोनाकोल्सीको शासनकालमा मोडेना निकै आक्रामक बनेको थियो र बोलोग्नामाथि आक्रमण गरिरहन्थ्यो । दुई देशबीचको उक्त तनाव एउटा अनौठो घटनाले पुनः भयानक युद्धमा बदलिदियो । सन् १३२५ मा एकदिन जब मोडेनाका केही सैनिक एक्कासी बोलोग्नाको किल्लामा घुसेर त्यहाँ रहेको एउटा काठको बाल्टिन चोरेर लगेको घटनाले दुई राज्यबीच युद्ध सुरु भयो ।

    वास्तवमा त्यो काठको बाल्टिन हिरा तथा अन्य मूल्यवान रत्नहरुले भरिएको थियो । बहुमूल्य पत्थरहरुले भरिएको बाल्टिन चोरी भएको थाहा पाएसँगै बोलोग्नाका सेनाले मोडेनासँग त्यो फिर्ता गर्न अनुरोध गर्यो । तर मोडेनाले भने बाल्टिन फिर्ता नगर्ने बतायो । त्यसपछि बोलोग्नाले मोडेनाविरुद्ध युद्धको घोषणा गर्‍यो ।

    बोलोग्नासँग त्यस समय ३२ हजार सैनिक थिए भने मोडेनासँग भने जम्मा ७ हजार । दुई देशबीच बिहानै युद्ध सुरु भएर रात अबेरसम्म चल्यो । सैनिकको संख्या कम हुनुका बाबजुत पनि उक्त युद्ध मोडेना राज्यले जित्यो । सो युद्धमा २ हजार भन्दा धेरै सैनिकको मृत्यु भएको थियो ।

    बोलोग्ना र मोडेनाबीच भएको उक्त युद्धलाई इतिहासमा वार अफ द बकेट (The War of the Bucket) तथा वार अफ द अकेन बकेट (The War of the Oaken Bucket ) को नामले चिनिन्छ । दुई राज्यबीच भिषण युद्ध गराउने उक्त बाल्टिन हाल एक संग्राहलयमा सुरक्षितसाथ राखिएको छ । एजेन्सी

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ