• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपा सचिवालय सदस्य सुदर्शनलाई साइलेन्ट ‘हर्ट अट्याक’, केछ स्वास्थ्य अवस्था ?

    3.5K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई साइलेन्ट ‘हर्ट–अट्याक’ भएको छ । सुगर, प्रोस्टेट, कोलेस्ट्रोल,प्रेसर र मुटुरोगबाट पीडित सुदर्शन लामो समयदेखि औषधी सेवन गरिरहेका थिए ।

    एक हप्ता अगाडी नै स्वास्थ्यमा समस्या देखिएपछि उनको कारागारमै स्वास्थ्य जाँच भएको थियो । सो क्रममा कारागारका डाक्टरले अवस्था गम्भीर बन्दै गएकोले नेता सुदर्शनलाई गंगालाल हृदय केन्द्रमा रिफर गरेको तर कारागार प्रशासनले तत्काल रिफर गर्न आनाकानी गरेको परिवार स्रोतले सञ्चारकेन्द्रलाई बताएको छ ।

    पहिले पनि धेरै पटक नेता ओलीलाई साइलेन्ट ‘हर्ट–अट्याक’ भइसकेको र अहिले पनि उनको स्वास्थ्यमा थप संकट पैदा हुँदै आएको अवस्थामा समेत सरकारले त्यसमा राजनीतिक पूर्वाग्रह साँधेर स्वास्थ्यजस्तो संवेदनशील बिषयमा लापरवाही गरेको परिवार स्रोतको आरोप छ ।

    सुदर्शनको स्वास्थ्यमा एकादमै गम्भीर समस्या पैदा भएपछि शुक्रबार दिउसो मात्रै उनलाई बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्र पुर्याइएको थियो । उपचार संलग्न चिकित्सकका अनुसार सुदर्शनलाई साइलेन्ट हर्ट– अट्याक भएको थियो । अहिले स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

    नेता सुदर्शनको अहिले अस्पतालको आकस्मिक कक्षमा थप उपचार भइरहेको छ । नेता ओली जनयुद्ध कालमा ३ वर्ष र पछिल्लो प्रतिबन्दको समय यता २ वर्ष ४ महिनादेखि जेल जीवन विताइरहेका छन् । सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्दा नेता सदर्शनसहित दर्जनौं नेता कार्यकर्ता जेलमै छन् । नेकपाले सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ