• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय फोटो-फिचर

    चिनियाँ कम्युनिष्ट पार्टीले यसरी मनायो आफ्नो १००औं स्थापना दिवस, फोटो फिचर

    9.4K
    SHARES

    काठमाडौँ । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको छ । सो अवसरमा त्यहाँ ठूलो उत्सव मनाइएको छ । सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिस्ट पार्टी एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो। त्यो समयमा देशमा व्यापक परिवर्तनहरू भए तर केही त्यस्ता परिवर्तनहरू भने स्पष्ट रूपमा देखिनेगरी हटाइएको छ।

    सोमवार, बेइजिङस्थित बर्डस् नेस्ट रङ्गशालामा द ग्रेट जर्नी नाम दिइएको कला देखाइएको थियो । उक्त प्रदर्शनमा कलाकारहरूले पार्टी र देशको इतिहास झल्काउने खालका पहिरन लगाएका थिए र साजसज्जा पनि त्यस्तै खालको थियो। तर कल्चरल रिभोलुसन अर्थात् सांस्कृतिक क्रान्ति, १९८९ तियानआनमेन स्क्वाएर प्रदर्शन र हङकङका प्रजातन्त्र समर्थकको प्रदर्शनहरू जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू भने नरहेको एएफपी समाचार संस्थाले जनाएको छ।

    कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् ।

    सम्बोधनको क्रममा जिनपिङले समाजवादले मात्र चीनलाई बचाउन सक्ने बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी चीनको विकासको कहानीको केन्द्रमा रहेको बताए । साथै उनले कम्युनिस्ट पार्टीबाट मानिसहरुलाई अलग गर्ने प्रयास असफल हुने बताएका छन् ।

    यसैबीच, वार्षिकोत्सव मनाउन वर्षैभरि प्रसारणका लागि १०० टेलिभिजन कार्यक्रमहरूको मितिहरू तय भइसकेको छ। चीनको उपलब्धिहरूको प्रशंसा गर्ने १००५ भनिने गीत पनि सार्वजनिक गरिएको छ जसमा १०० गायकहरू रहेका छन्।

    तस्वीरः पिपुल्स डेली चाइना 

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया