• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    एकीकृत जनक्रान्ति, सहिद र सहिदका परिवार

    2.9K
    SHARES

    हाम्रो पार्टी प्रतिक्रियावादीहरूको ष’ड्य’न्त्रमूलक घेरा प्रतिबन्धलाई सचेतताका साथ तोडेर यो प्रक्रियामा आइपुगेको छ । हाम्रा अगाडि ठुलाठूला चुनौतिका प्रखालहरू पनि छन् र त्यत्तिकै सम्भावनाका क्षितिजहरू पनि खुल्दै गएको अनुभूत हुन् थालेको छ । हामी ठुलाठूला चुनौतिहरूसँग पौँठेजोरी खेल्दै आएका छौँ । हामी हाम्रा बाहृ जना कुशल सहयोद्धाहरूलाई छोडेर आयौँ । क.सुदर्शन लगायत सयौँ जना नेता कार्यकर्ताहरू अहिले पनि जेलमा लडिरहनु भएको छ । हाम्रो पार्टी र नेताहरूको जीवन रगतसँग ल’त्पतिएको छ । क्रा’न्ति गर्ने नेताहरूको जीवन रगतको आहालबाट नै बन्ने गर्दछ ।

    ती सहिदहरूलाई सम्झँदा अहिले पनि शरीर जिरीङ्गजिरीङ्ग गर्दछ । महान् सहिद क.कुमार पौडेल, क.महान् लगायत सहिदको अभाव हाम्रो पार्टी र क्रान्तिलाई सधैँ रहिरहने छ । महान् सहिदहरूको रगतको योगदान र नेताहरूको सचेत पहलकदमीले नै हाम्रो क्रान्ति यो स्थानसम्म आइपुगेको हो । यो प्रक्रियामा आइपुग्दा महान् सहिद क.कुमारको दिदी र भाइले गरेको अभिव्यक्ति सुन्ने अवसर पाइयो । म पनि एउटा सहिद परिवारको सदस्य भएको नाताले गम्भीर बनायो । सहिद परिवारकै तर्फबाट क्रान्तिकारी पार्टी, नेतृत्व र आन्दोलनमाथि गरेको हमलाले म जस्तै धेरै सहिद परिवारलाई गम्भीर बनायो होला ।

    मैले विगतदेखि क्रान्तिकारी नेतृत्वलाई साथ दिँदै आएको छु । अहिलेको नेतृवले कुनै कारणले पनि धोका दिन सक्दैन भन्नेमा म विश्वस्थ छुँ । तर सहिदकै परिवारबाट नेतृत्वमाथि हमला हुँदा पिडा हुँदोरहेछ । क.कुमार पौडेलको हत्या हुँदा म धरान जेलमा थिए कुमार मेरो अत्यन्त मिल्ने सहयोद्धा पनि हुनुहुन्थ्यो । सहयोद्धा गुमाएको पिडामा म जेलमा नै रोएको थिएँ उहाँको स्थानमा म नै सहिद हुन पाएको भए हुन्थ्यो भन्ने लागेको थियो तर आजसम्म सहिदको सूचीमा दर्ज हुने अवसर पाएको छैन । म गर्वका साथ भन्दछु सहिदको छोरा बन्ने अवसर पाएको छुँ । कुमारका दिदी र भाईले जसरी नेपाली क्रान्तिकारी नेता, पार्टी र आन्दोलनमाथि हमला गर्नुभयो यसले मन खिन्न भएको छ । मेरो घरमा दुइजना सहिद हुनु भयो बुवा अनि अंकल त्यो बेला पनि सायद यति पिडा भएन ।

    आज नेपाली क्रान्तिको अभिभावक बनेको हाम्रो क्रान्तिकारी पार्टी र नेपाली जनयुद्ध एकीकृत जनक्रान्ति र सम्पूर्ण नेपाली मुक्ति आन्दोलनमा रगत बगाउँने सहिद परिवारहरूको आशाको धरोहर बनेको हाम्रो पार्टी र नेतृत्वमाथि यसरी महान् सहिदका परिवारबाटै हमला हुँदा कसलाई पो पिडा नहोला र ? कुनै कसैले पनि हाम्रो पार्टी र नेतृत्वमाथि केही आक्षेप लगाउन नसकेको अवस्थामा महान् सहिदका परिवारबाट भएको यो हमला गम्भीर र पिडादायी नै छ । केही विषय भए आन्तरिक छलफलबाट सामाधान गर्न सकिने कुरा पार्टी कार्यालयले जानकारी बनाएकै छ । धैर्यता हामी सहिद परिवारको अर्को परिचय पनि हो, यो हामी कसैले गुमाउँन हुँदैन ।

    महान् जनयुद्धमा करिव साढे आठ हजार होनहार नेपाली युवाहरूले सचेततापूर्वक शहादत्त गर्नुपर्ने भयो करिव बाह्र सय योद्धाहरू बेपत्ता छन् आजसम्म मरेको बाँचेको पत्तो छैन । ठूलो बलिदानी भयो, सो जनयद्धको मैदानमा म पनि टुहुरो बनेँ यसलाई मैले क्रान्तिको सफलता र बिजयको आशाका साथ जोडेर गर्व गरे जो क्रान्तिमा मेरो लागि उर्जा बनिरह्यो । क्रान्तिहरू बिजयको लक्ष्य राखेर गरिने कुरा हो, तर कहिलेकाँही क्रान्तिहरू असफल हुन्छन् त्यसका विभिन्न कारणहरू रहन सक्दछन् । नेपाली जनयुद्ध नेतृत्वको धोकाधडी र गद्दारीका कारण असफल हुन् पुग्यो यो कुरा हामी जनयुद्धका सहिद परिवार र क्रान्तिकारी कार्यकर्ता जनताको निम्ति सबै भन्दा बढी पिडा र दुःखको कुरा हो । हजारौँ युवाहरूको बलिदानको जगमा जनयुद्ध महान् भएको थियो । ति बलिदान गर्ने सहिदका आफन्त जनयुद्धका पे्ररणाका श्रोत बनेका थिए ।

    आफन्तले गरेको बलिदानीमा गर्व गर्दथे र आफूँ पनि बलिदान गर्न तम्तयार रहन्थेँ । पार्टी, क्रान्ति र नेतृत्वप्रति अगाध माया र विश्वास थियो । त्यही विश्वासमा क्रान्तिको बेग अगाडि बढेको थियो । क्रान्ति विश्वासका आधारमा गरिने कुरा हो । विश्वास यस्तो चीज हो धेरै गर्दा नि बिग्रने नगर्दा नि बिग्रने हुने गर्दछ । म एउटा उदाहरण पेस गर्न चाहन्छु, क्रान्ति जीवन र मरन बिजय र पराजय माथि र तल चक्ररेखा झैँ अगाडि बढ्दछ । त्यस्तै बेला थियो सायद, त्यो बेलाको चर्चित फौजी कमाण्डर अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई भौतिक रूपमा सिध्याउने उद्देश्य राखेर एकजना विश्वास गरिएको मान्छे जनमुक्ति सेना बनेर सबैलाई विश्वास दिलाउँदै बडि गार्डको रूपमा पासाङसम्म पुगेको इतिहास छ । विश्वास र शङ्कालाई सन्तुलित गर्दै सङ्गठन र पार्टी सञ्चालन गर्ने गरिन्छ यो नियम नै हो ।

    जनयुद्धमा धोका भएपछि सहिदका सपनाहरूमा नेताहरूले कुठाराघात गरेपछि त्यसकै जगमा उठेको क्रान्तिको ज्वाला एकीकृत जनक्रान्ति हो । एकीकृत जनक्रान्तिलाई सहि ढङ्गले बुझ्न जनयुद्धलाई पहिले बुझ्न जरुरी अनिवार्य हुन्छ । यदि हामी दशबर्षे जनयुद्ध नै बुझेनौँ भने एकीकृत जनक्रान्तिको छेउटुप्पो पनि पत्ता लगाउँन सक्दैनौँ । एकीकृत जनक्रान्ति जनयुद्धको विकसित तर निरन्तरताको अर्को रूप हो । जनयुद्धमा भएका कमजोरीहरूबाट सही शिक्षा लिएर आजको विश्वमा चलिरहेको दलाल पुँजीवादी विश्व व्यवस्था र विकसित बिज्ञान प्रविधिको सहज पहुँच लगायतका विषयमाथिको गम्भीर विष्लेषण सहित नयाँ क्रान्तिको बिचारको रूपमा विकास गरिएको क्रान्तिकारी कार्यदिशा हो एकीकृत जनक्रान्ति ।

    यो पार्टी निर्माण गर्दा सायद कसैले पत्याउँदैनथे । सबैले फुच्चे देख्ने गर्दथे । कतिपय मुनामै निमोठ्न चाहान्थे । सबैखाले उतारचढावहरू व्यहोर्दै आन्तरिक र बाह्य दुश्मनहरूबाट जोगाउँदै आज नेतृत्वले कुशलतापूर्वक जगमगाउने पार्टीको रूपमा यो ठाउँमा ल्याई पुर्यााएको छ । आज सबैले हाम्रो पार्टी र नेता खोज्ने स्थितिको निर्माण भएको छ । शोषणमा परेका अन्यायमा परेका अधिकार बिहीन मान्छेको सहारा बनेको छ । यसमा सबैले गर्व गर्नु पर्दछ । स्वभावैले क्रान्ति निर्मम हुन्छ । कहिलेकाँही अपत्यारीला घटना दुर्घटनाहरू व्यहोर्न पनि पर्दछ । एकीकृत जनक्रान्तिले पनि यो बीचमा त्यो व्यहोर्दै आएको छ ।

    आजसम्म आइपुग्दा पार्टीमाथि सरकारको हठात प्रतिबन्ध र यहि बीचमा बाहृ जना होनहार महान् योद्धाहरूको बलिदानी भएको छ । पछिल्लो समय फागुनमा सरकार र हाम्रो पार्टीबीच वार्ता भएको छ । तीनबुँदे सहमति पनि भएको छ । वार्ता भएको पनि चार महिना पुग्न थालेको छ सहमतिप्रति राज्य जिम्मेवार बन्न सकेको छैन । सहमतिहरू कार्यान्वयन भएका छैनन् । सयौँ नेता कार्यकर्ता अहिले पनि जेलमा हुनुहुन्छ । पार्टी प्रतिबन्धबाट बाहिर त आएको छ तर, सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगर्दा राज्यप्रति आशङ्का पैदा भएको छ । दलाल संसदीय पुँजीवादी व्यवस्था जनताको नजरमा गिरिसकेको छ र दलालीकरण भ्रष्टिकरण हुँदै कुर्सीको निमित्त जे पनि गर्न तयार रहने प्रवृत्तिले यसको असफलता सावित भइसकेको अवस्था छ ।

    जनताको विश्वास गुमाइसकेको दलाल पुँजीवाद विदेशीको इसारामा अक्सिजन लिएर बाँचिरहेको छ । यो बेला मजबुत विकल्प र आशाको रूपमा नेकपा र त्यसले अघि सारेको वैज्ञानिक सामाजवाद सावित हुँदै गएको छ । पार्टीलाई यो तहसम्मको विकास गराउँनमा सबै भन्दा ठूलो योगदान एकीकृत जनक्रान्तिका महान् सहिदहरूमा जान्छ । एक दर्जन सहिदहरूको रगतले गर्दा नै आज नेपाल कम्युनिस्ट पार्टी र यसले उठाउँदै आएको समाजवादको एजेण्डा, व्यवस्था र परिवर्तनको तहसम्म विकास गर्न सकेको हो । पछिल्लो समयमा पार्टीभित्र केही भ्रमहरू पनि पैदा भए, हाल ती हल हुँदै गएता पनि सचेततापूर्वक एउटा शक्ति त्यो खेतीपाती छोडिसकेको भने हैन खुल्ला रहँदा यी समस्याहरू त व्यहोर्न पर्छ नै यसलाई क्रान्तिकारी व्यवहारबाट मात्र खारेज गर्न सकिन्छ ।

    एउटा समस्या के हुन सक्ने देखिन्छ भने पद र प्रतिष्ठाको मियो बनाएर पार्टीभित्र घुस्ने त्यो पूर्ति हुने सम्भावना नभएमा पार्टी क्रान्तिका विरुद्ध अर्नगल प्रचारबाजी चलाउने र बिखण्डित मनोविज्ञानको जग बसाल्ने त्यो प्रवृत्तिले जान वा अञ्जान रूपमा साम्राज्यवादी पुँजीवादीहरूको गोटीको रूपमा काम गर्ने खतरा देखिन्छ यसबाट सबै पार्टी पङ्क्ति सचेत हुन जरुरी छ । फिनिक्स रिवेल जस्ता शब्दहरू भावावेसमा मात्र प्रयोग भएका हैनन् भनेर बुझ्दा राम्रो हुन्छ यो भित्र ठूलो षड्यन्त्र रहेको कुरा प्रष्ट भएको छ । यसको पछिल्लो उदाहरण पार्टी खुल्ला भएको प्रारम्भिक चरणमा नै यसका सङ्केत देखिएका हुन् ।

    यसका केही महत्वपूर्ण कारणहरू छन् । पहिलो वस्तुगत कारण कोभिड र लकडाउनले गर्दा पार्टीको योजनाहरू समयमा तल्लो पङ्क्ति र जनतासम्म संप्रेशन गर्न नसकिनु त्यस्ता अवसरवादी पद र प्रतिष्ठाको लागि पार्टी प्रवेश गरेकाको निम्ति मसाला बन्न गयो । यसले केही समय भ्रम छर्न सफल हुन सक्छ दीर्घकालीन जोहो चल्न सक्ने सम्भावना रहँदैन । दोश्रो कारण माथि नै चर्चा गरिसकियो की गलत मान्छेहरूको पार्टी प्रवेश । यो चाँही खतरनाक कुरा हो समयमा चिन्न सकिएन भने यसले पार्टी आन्दोलनलाई क्षति पुरयाउन सक्दछ । यसले बिचारमा भन्दा भावनामा राजनीति गर्न खोज्दछ । त्यसकारण यस्ता कुराहरूबाट सहिदका परिवार घाइते जेलबाट यातना खेपेर निस्केका कमरेडहरू र आम पार्टी पङ्क्तिले बेलैमा बुद्धि पुर्याउन पर्दछ । यसको काम भावनामा राजनीति गरेर पार्टीभित्र विखण्डन ल्याउनु हुन्छ ।

    एकीकृत जनक्रान्तिको कुरा होस् या सबैखाले मुक्ति र अधिकारका निम्ति भएका आन्दोलनमा बगेको रगतलाई पार्टी हरदम सम्मान् गर्दछ गर्नुपर्दछ । देश, जनता र पार्टी आन्दोलनमा बगेको रगत सबै भन्दा ठूलो लगानी हो । रगत भन्दा ठूलो लगानी अरू हुँदैन, हुन सम्भव पनि छैन । रगत बगाउन सक्ने मान्छे महान् मान्छे हुन् । क्रान्तिले रगत मागे रगत दिन सक्ने मान्छेलाई कुनै कारणले पनि अपमान गर्न सकिँदैन हुँदैन । रगत अमूल्य चीज हो । क्रान्तिमा बगेको रगतको उर्जाले नै क्रान्तिलाई बिजयसम्म पुर्याउन जिउँदा क्रान्तिकारीलाई प्रेरित गर्दछ । मृत्यु आफैँमा पिडादायी कुरा त हो तर अनिवार्य प्राकृतिक नियम पनि हो । देश र जनताको निम्ति भएको बलिदान अरू प्राकृतिक नियम अनुसार मिल्दैन अरू सरदरको मृत्यु भन्दा हजारौँ गुणा महान् हो क्रान्तिमा बलिदान गर्ने कुरा । माओले भने झैँ क्रान्तिमा गरिने बलिदान पहाड भन्दा गह्रो हुन्छ ।

    आकाशको तारा झैँ चम्किरहने महान् सहिदलाई कसैले भुल्न सक्दैन । क्रान्तिलाई सधैँ दिशानिर्देश महान् सहिदहरूले गरिरहन्छन् । सहिदहरूको सपना साकार बनाउँन नेताहरू र सिङ्गो पार्टी पङ्क्ति प्रतिबद्ध रहनु पर्दछ जो हाम्रो पार्टीमा देखिन्छ । सहिदका परिवारहरू पनि क्रान्तिकारी आन्दोलन सँगै एकाकार हुनुपर्दछ । सिङ्गो श्रमिक जनता पनि सहिदको सपना साकार पार्न एकाकार बन्नुपर्दछ । जो हाम्रो पार्टी र आन्दोलनको वरपर गोलबन्द बन्दै गइरहेको छ । क्रान्तिकारीहरूको घेरालाई अझैँ विस्तार गरेर लैजानु पर्दछ । सहिदका परिवारमा पसेर भावनाको राजनीति गर्न खोज्ने, पार्टी र आन्दोलनका विरुद्ध उभ्याउन खोज्ने साम्राज्यवादी चाहनाहरूलाई धुलोपिठो पारीदिनु पर्दछ । सहिदका आफन्तजनहरू सहिदले देखाएको बाटोमा अविचल उभिनु पर्दछ ।

    पार्टी नेतामा यदि गलत भएको लागेमा खवरदारी पनि गर्नुपर्दछ । पार्टीका भरपर्दा शक्तिको रूपमा सहिदका आफन्तहरूले आफूलाई उभ्याउन सक्नु पर्दछ । यदि त्यसो गर्न सकिएन भने पनि पार्टी क्रान्ति र नेताको विरुद्ध बोल्न हुँदैन । तर जुन क्रान्तिको निम्ति भनेर रगत बगायौँ त्यहि क्रान्तिका विरुद्ध उभिने छुट सहिदका आफन्तलाई हुँदैन । यदि त्यसो भयो भने त्यो सहिदको अपमान ठहर्छ र गद्दारी हुन जान्छ । सम्भव त सहिदका आफन्तहरूले गद्दारी गर्न सक्दैनन् । यदि त्यसो गरेमा त्यो अपवादपूर्ण दुर्घटना बन्न जान्छ त्यो सहिदका आफन्तको सूचीमा रहन सक्दैन र सुहाउँदैन पनि ।

    मैले यसो भयो कि भन्न खोजेको चाँही हैन । सहिद बनेपछि ती परिवारका मात्र हुँदैनन् ति त देश, जनता र क्रान्तिका दिशानिर्देशक बनिसकेका हुन्छन् । सहिदको सम्मान् र रक्षा क्रान्तिकारी पार्टीको पहिलो सर्त बनेको हुन्छ । परिवार आफनै परिवारबाट भएको बलिदानको अपमान गर्न त सक्दैसक्दैनन् कदमकदापी अपवाद भयो पनि हुन सक्दछ । यदि त्यसो भएमा सहिदको पूर्ण जिम्मेवारी पार्टीले लिन्छ । जनयुद्ध कालमा पनि क्रान्तिलाई भाँड्न साम्राज्यवादीहरूले सहिदका आफन्तलाई प्रयोग गर्ने प्रयत्न नगरेका हैनन् तर, त्यति सफल हुन सकेनन् ।

    एकीकृत जनक्रान्तिमा पनि त्यो प्रयत्न गर्ने नै छन् तर हाम्रा सहिदका आफन्तहरू त्यति कमजोर रहने छैनन् जो कि साम्राज्यवादका गोटी बनेर आफ्नै सहिद र सपनाहरूको कु’ठाराघात गर्न तल्लीन रहुन् । बरु क्रान्ति र परिवर्तनको पक्षमा आफू पनि बलिदान गर्न अग्रसर रहनेछन् । हामी सहिद परिवारको बारेमा डलरका खेती गर्ने साम्राज्यवादीका दलालहरू बोल्नसम्म हुँदैन किन कि आफन्त सहिद बन्दा कति पिडा हुन्छ भन्ने कुुरा हामीलाई मात्र थाहा छ कि हाम्रो महान् पार्टीलाई मात्र थाहा छ । भावनामा राजनीतिक गोल हान्ने र क्रान्तिलाई छियाछिया पार्ने कोसिस् कतैबाट भएमा त्यसको लेखाजोखा पनि राख्नुपर्ने हुन सक्दछ । जो सुकैबाट पनि त्यसो भएमा परिणाम भयानक हुन सक्दछ ।

    क्रान्तिको यस महान् प्रक्रियामा पार्टी पङ्क्ति, सहिद परिवार र आम नेपाली जनताको सुदृढ र व्यवस्थित एकताले मात्र आजको क्रान्तिलाई बिजयसम्म पुर्याउन सकिन्छ । तथ्यहरूबाट सत्य पत्ता लगाउने नियम अनुसार एकढिक्का एकतासहित एकीकृत जनक्रान्तिको बाटोमा लामबन्द होऔँ । सत्य धेरै पटक पराजित हुन सक्दछ तर मर्दैन, एकदिन सत्यको बिजय अवस्यम्भावी छ । आजको सत्य मालेमावाद र नेपाली क्रान्तिको नविनतम् कार्यदिशा एकीकृत जनक्रान्ति नै हो ।

    अशल क्षेत्री
    [email protected]

    अशल क्षेत्री नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् । उनि समसामयिक राजनीतिक सामाजिक बिषयमा कलम चलाउने गर्छन् ।

    अशल क्षेत्रीबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ